डिआरएन इलेक्ट्रोनिक्सको १९ वर्ष, भिसिडीहुँदै स्मार्ट कर्भ टिभीसम्म, विश्वकप अफर पनि

बिजमाण्डू
२०७५ जेठ १० गते १८:१३ | May 24, 2018

काठमाडौं।नेपालको होमग्रोन इलेक्ट्रोनिक्स ब्राण्ड डिआरएन १९ वर्ष पूरा भएको छ।१९ वर्षअघि रेडियो र भिसिडीबाट उत्पादन थालेको डिआरएनले अहिले स्मार्ट कर्भ टिभी उत्पादन गरिरहेको छ।

Tata
GBIME
Nepal Life

‘नेपाली ब्राण्डमा इलोक्ट्रोनिक्स सामान उत्पादन गरेको १९ वर्ष पूरा भएको छ।हामीले रेडियोबाट भिसिडी हुँदै स्मार्ट कर्भ टिभी उत्पादन गरिरहेका छौं’डिआरएन ओभरसिजका अध्यक्ष दुर्गाबहादुर श्रेष्ठले विहिबार आयोजित पत्रकार सम्मेलनमा भने,’२०४६को प्रजातन्त्र पुनर्स्थापनापछि चिनियाँ ब्राण्डको विस्तारै नेपालमा दबदबा कायम राखे।त्यही बेला चीनसँगको व्यापारमा हामी समेत सहभागी भयौं।चिनियाँ सामान आयात गरेर बिक्री वितरण गर्ने काम हामीले पनि थाल्यौं।०५६ साल असोज १७ गते कम्पनी रजिष्टार कार्यालयमा डिआरएन  दर्ता गर्यौं।‘

उनले डिआरएनलार्इ अन्तर्राष्ट्रिय ब्राण्डको रुपमा स्थापित गर्न चीनमा समेत ट्रेडमार्क दर्ता गरिसकेको बताए।ओभरसिजका निर्देशक रजनिश श्रेष्ठले गुणस्तरीय उत्पादन भएकै कारण अन्तर्राष्ट्रिय ब्राण्डसँग खरो प्रतिस्पर्धा गरिरहेको बताए।‘हामीले विश्व बजारको इन्नोभेसनलार्इ एडप्ट गरेका छौं’उनले भने,’ गुणस्तरमा हामी सबैभन्दा सचेत हुन्छौं त्यही भएर हामीले बहुराष्ट्रिय ब्राण्डसँग प्रतिस्पर्धा गर्न सफल भएका छौं।’

कम्पनीले डिआरएन ब्राण्डमा फाइभ इन वान,टु इन वान,थ्री इन वान स्पीकर बजारमा ल्याएको छ।कम्पनीले ५५,४३,३९र ३२ इन्चमा स्मार्ट कर्भ टिभी ल्याएको छ।उनका अनुसार यो वाहेक टेलिफोन सेट,स्मार्ट टिभी बक्स,आइरन,इमर्जेन्सी लाइट,सिएफएल तथा एलइडी वल्व,पंखा,मच्छडब्याट, मल्टी प्लग र टर्च लाइट समेत छ।कम्पनीकी प्रवन्ध निर्देशक केशरी श्रेष्ठले नेपालको उद्योगीले आफ्नै ब्राण्डमा इलक्ट्रोनिक्स सामान उत्पादन गरि बिक्री गर्नु आफैँमा चुनौतीपूर्ण भएपनि जोखिम लिएर ब्राण्ड स्थापित गर्न सफल भएको बतार्इन्।

विश्वकप अफर
विश्वकप फूटबललार्इ लक्षित गर्दै डिआरएनको टिभी किन्दा उपहार दिने कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार ५५ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलार्इ डिआरएन २.१ स्पिकर,४३ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलार्इ डिआर-८८८ टेलिफोन सेट,३९ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलार्इ डिआर-१११ टेलिफोन सेट दिनेछ।कम्पनीले डिआरएनको ३२ इन्चको स्मार्ट कर्भ टिभी किन्नेलार्इ १० पिस ३ वाटको सिएफएल लाइट र साधारण ३२ इन्चको एलइडी टिभी किन्नेलार्इ १० पिस दुर्इ वाटको एलइडी वल्व दिने जनाएको छ।