उर्जामन्त्री र अमेरिकी राजदूतविच भेट, एमसिसी परियोजनामा प्रसारणलाइन निर्माण गर्ने

बिजमाण्डू
२०७५ जेठ १० गते १८:०२ | May 24, 2018

काठमाडौं। उर्जा,सिंचाई तथा जलस्रोतमन्त्री बर्षमान पुन र नेपालका लागी अमेरिकी राजदूत अलाइना बी टेप्लिजबीच भेटवार्ता भएको छ।

Tata
GBIME
Nepal Life

मन्त्री पुनसंगको भेटमा अमेरिकी राजदूतले उर्जा र सिंचाईको क्षेत्रमा सहकार्य गर्न अमेरिका ईच्छुक रहेको बताएका थिए। मन्त्री पुन र राजदूत टेप्लिजबीचको भेटमा अमेरिकाले एमसिसी नेपाल कमप्याक्टमार्फत नेपालको विकास र उर्जा क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको थियो।
भेटमा मन्त्री पुनले अमेरिकाको सहयोगमा संचालित कार्यक्रम समयभित्र पुरा गर्ने दावी गरेका थिए।

‘एमसिसी नेपाल कम्प्याक्ट महत्कांक्षी कार्यक्रम भएको र यो सँगै बुटवल–अत्तरिया प्रशारण लाइन बनाउने मन्त्रालयको योजना रहेकोले, एमसीसीमार्फत हुने कार्यक्रममा कुनै कमी नहुने गरी काम गर्न मन्त्रालय तयार रहेको पुनले बताए।

नेपालमा राजनितिक संक्रमणको चरण पार भइसकेको भन्दै मन्त्री पुनले अमेरिकी लगानीकर्तालाई नेपालको उर्जा क्षेत्रमा लगानीको लागी वातावरण बनाईदिन आग्रह गरे।

मन्त्री पुनले एमसीसी परियोजना सुरु भएको पांच वर्षभित्र निर्माण भइसक्नुपर्ने प्रावधानबारे आफु जानकार रहेको भन्दै पूर्व तयारीको काम पनि समयभित्र पुरा गर्न मन्त्रालयको तर्फबाट कुनै समस्या नहुने बताए।

‘पाँच वर्षभित्र यो परियोजना पुरा हुनैपर्ने हाम्रो नियम छ, एमसिसी कमप्याक्टका एसिया मामिला हेर्ने डेपुटी भाइस चेयरम्यान जोनाथन ब्रुक्सले भने, त्यसका लागी तयारीको चरण अझै केही समय बाँकी रहेकाले त्यो अवधीभित्र सबै तयारी पुरा भयो भने परियोजना निर्माणमा सहयोग पुग्छ।’
एमसिसी नेपाल कमप्याक्ट परियोजना अन्तर्गत अमेरिकाले नेपालको उर्जा र सडक निर्माणमा ५० अर्ब बरावरको रकम खर्च गर्ने यसअघि नै घोषणा गरिसकेको छ। 

एमसीसी कम्याक्ट अन्तर्गत अमेरिकाले प्रसारण लाइन निर्माणमा सहयोग गर्ने समझदारी भइसकेको छ। जस अन्तर्गत रातोमाटे–दमौली, दमौली–वुटवल, वुटवल–हेटौडा र रातोमाटेदेखी लप्सीफेदीसम्म ४ सय केभीका प्रसारण लाइन निर्माण हुनेछन्। त्यसैगरी वुटवलदेखी सुनौलीसम्म पनि अन्तरदेशिय प्रसारण लाइन निर्माण गर्ने समझदारी भइसकेको छ।