‘राइट’ दाजुभाइले जहाज बनाउनुअघि नै नेपालमा ‘एयरबस’ बनेको प्रधानमन्त्री ओलीको दाबी

प्रवीण रानाभाट/बिजमाण्डू
२०७५ जेठ १० गते १७:०९ | May 24, 2018

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले राइट दाजुभाइले जहाज बनाउनु अघि नै नेपालमा 'एयरबस' बनिसकेको दाबी गरेका छन्। आज भृकुटीमण्डपमा आयोजित शैक्षिक मेलालाई सम्बोधन गर्दै ओलीले पुष्पक विमानलाई उदाहरण दिँदै नेपालमा उहिल्यै एयरबस बनेको दाबी गरेका हुन्।

Tata
GBIME
Nepal Life

नेपालीहरु पूर्खादेखि नै दुरदृष्टि राख्ने भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले भने, 'हाम्रा पुर्खा यति भिजिनरी। १९०३ बाट राइट ब्रदरले प्लेन बनाउन शुरु गरे। हाम्रा पुर्खाले काल्पानिक होस या जे सुकै होस तर पुष्पक विमानबाट राम र सीताहरुलाई लंकाबाट लिएर आयोध्य फर्केका थिए।'

ओलीले थपे, 'पुष्पक विमानमा चढाएर। फेरि पुल बनाएर अथवा अस्ति नै बनाएको पुलबाट तरेको हैन। पुष्पक विमानबाट फर्केका थिए। कल्पनाकै उडान भए पनि हाम्रा पूर्खाहरुले एकजना यसो चढेर पखेटा लगाएर चरा झैं उड्ने कल्पना गरेको होइन। पुष्पक विमानमा पल्टनै चढेर आउने एयरबस नै रहेछ। राम लक्ष्मण सीता सुग्रीव हनुमान उहाँहरुसँग लड्न गएका पल्टन सारा सबै आए।'

नेपालको शिक्षा क्षेत्रमा संगीत सिर्जनादेखि नक्षत्र पत्ता लगाउनसमेत अगाडि रहेको ओलीले बताए। प्रधानमन्त्रीले नौ ग्रह नै नेपाली ज्योतिषले पत्त लगाएपछि मात्र वैज्ञानिकले पुष्टि गरेको बताए।