बुद्ध एयरको शुक्रबारदेखि एकाबिहानै बिराटनगर-काठमाडौं उडान सुरु, साँझ पनि थपियो

बिजमाण्डू
२०७५ जेठ १० गते १०:५७ | May 24, 2018

काठमाडौं। बुद्ध एयरले शुक्रबारदेखि बिहान सात बजे बिराटनगरबाट काठमाडौंको उडान गर्ने भएको छ। बिहान सात बजे बिराटनगरबाट उडेको जहाज सात बजेर ४० मिनेटमा काठमाडौंमा अवतरण हुने  बुद्ध एयरले जनाएको छ।
यसैगरी काठमाडौंबाट साँझ ६ बजे बिराटनगरतर्फको उडान पनि थपेको  कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ। 

Tata
GBIME
Nepal Life

कम्पनीका अनुसार काठमाडौंबाट उडान भरेको रात जहाज बिराटनगरमै राखिने छ।

यसबाट कामकाजीहरुले एक दिनमै बिराटनगरबाट काठमाडौं आइ काम सकेर बेलुकी फेरि बिराटनगर नै फर्कन सक्ने सुबिधासमेत पाएका छन्।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दिउँसो उडानका चापका कारणले हुने ढिलाईका कारण साँझ ६ बजे उडान थप्न लागेको  कम्पनीले बिज्ञप्तीमा जनाइएको छ। 

कम्पनीका अनुसार यसअघि जहाज काठमाडौंबाट उडान गरेर पुनः काठमाडौं नै फर्किने गरेको थियो। तर रात्रीकालीन उडान अवतरणकालागि बिराटनगरमा  लाइट तथा अन्य प्रविधि जडान भैसकेकोले साँझ ६ बजे काठमाडौंबाट उडान गर्न लागिएको हो।