स्मार्टफोनभन्दा पातलो टिभी नेपाली बजारमा, स्काइवर्थ ब्राण्डको टिभी २० लाखभन्दा बढी पर्ने

बिजमाण्डू
२०७५ जेठ ९ गते १३:२१ | May 23, 2018
स्मार्टफोनभन्दा पातलो टिभी नेपाली बजारमा, स्काइवर्थ ब्राण्डको टिभी २० लाखभन्दा बढी पर्ने


काठमाडौं। केएल दुगडको स्मार्ट अप्लायन्सले स्काइवर्थ ब्राण्डको स्लिम टेलिभिजन 'वालपेर टिभी' सार्वजनिक गरेको छ। यो टेलिभिजनलाई संसारकै सबैभन्दा स्लिम टिभी भएको कम्पनीले दावी गरेको छ।

Tata
GBIME
Nepal Life

'वालपेर टिभी' को मोटाइ ३.६ एमएम भएको कारण उक्त टिभी संसारकै सबैभन्दा स्लिम भनिएको हो। 

अर्ग्यानिक लाइट एमिटिङ डियोड(ओलेड) टेक्नोलोजी समावेश गरिएको टेलिभिजनको जेम्स बुलौफ लान्सिङ (जेबिएल) साउण्ड सिस्टम, उज्यालो डिस्प्ले, र बिजुली किफायती समेत रहेको कम्पनीले प्रेस बिज्ञप्तीमार्फत जनाएको छ।

यसलाई एलइडी टिभी भन्दा पनि उत्कृष्ट रहेको दावी गरिएको छ। कम्पनीले लागू गरेको वर्ल्डकप अफर अवधिभर ग्राहकले उक्त टेलिभिजन खरिदमा २५ प्रतिशत छुट पाउने पनि बिज्ञप्तीमा उल्लेख छ।

कम्पनीका अनुसार वालपेर टिभी को नेपाली बजार मूल्य २० लाख भन्दाबढी पर्छ। वालपेर टिभीसँगै कम्पनीले गुगल एण्ड्रोइड टिभी, रेफ्रिजरेटर, साउण्ड बक्स, ,मोबाइल चार्जिङ युनिट, मल्टीफङ्सनल टी टेबुल लगायतका उपकरण समेत सार्वजनिक गरेको छ।