नेपाल टेलिकमका डाटा प्रयोगकर्ता १ करोड १ लाख नाघे, नौ महिनामै २०% ले बढे प्रयोगकर्ता

बिजमाण्डू
२०७५ जेठ ८ गते १६:२४ | May 22, 2018

काठमाडौं। नेपाल टेलिकमको डाटा प्रयोगकर्ता २०.५१ प्रतिशतले बृद्धि भएको छ। चैत महिनाको मसान्तसम्म नेपाल टेलिकमको डाटा सेवाको प्रयोगकर्ताको संख्या एक करोड नाघेको कम्पनीले बताएको छ।
 
टेलिकमले तयार पारेको एमआइएस रिपोर्टका अनुसार गत चैत महिनामा टेलिकमको डाटा सेवाको प्रयोगकर्ताको संख्या एक करोड एक लाख ५४ हजार पुगेका छन्। कम्पनीका अनुसार ०७४ को असार मसान्तसम्म डाटा सेवा प्रयोगकर्ताको संख्या ८४ लाख २५ हजार आठ सय ९४ रहेको थियो।
 
जीएसएम डाटा सेवाका प्रयोग कर्ता ९७ लाख ९५ हजार एङ्क सय, सिडीएमए डाटा सेवाका प्रयोग कर्ता एक लाख ३६ हजार पाँच सय, वाइम्याक्स सेवाका १७ हजार र एडीएसएलका एक लाख १९ हजार सात सय प्रयोगकर्ता रहेको बारे टेलिकमले जानकारी दिएको छ।
 
दुरसंचार प्राधिकरणले फागुन महिनामा तयार पारेको एमआइएस रिपोर्ट अनुसार कम्पनीको पोर जी डाटा प्रयोगकर्ता पाँच लाख ४७ हजार आठ सय पुगेको छ। रिपोर्ट अनुसार नेपाल टेलिकमको  ३८.५८ प्रतिशत फोर जि प्रयोगकर्ता रहेका छन्।
 
गत चैत मसान्तसम्म कम्पनीको टेलिफोन सेवाका ग्राहक एक करोड ९३ लाख २२ हजार आठ सय ५५ रहेको छ भने जिएसएम मोबाइल सेवाका ग्राहक एक करोड ६९ लाख ४४ हजार पाँच सय ३९ रहेको कम्पनीले बताएको छ।
 
कम्पनीका अनुसार सीडीएमए सेवाका ग्राहक १६ लाख ८८ हजार तीन सय ५१ र पीएसटीएन टेलिफोन सेवाका ग्राहक छ लाख ८९ हजार तीन सय ७३ रहेका छन्।
 

Tata
GBIME
Nepal Life