मार्जिन ट्रेडिङको कार्यविधी पारित, अब ब्रोकर कम्पनीबाटै शेयर खरीद गर्न ऋण पाउने




काठमाडौं।नेपाल धितोपत्र बोर्डले मार्जिन ट्रेडिङ्को कार्यविधी पारित गरेको छ। विहिबार वसेको वोर्ड बैठकले कार्यविधी पारित गरेको अध्यक्ष रेवतबहादुर कार्कीले बताए।

बोर्डले कार्यविधी पारित गरेपछि अब  लगानीकर्ताले दोस्रो वजारबाट शेयर खरिद गर्न ब्रोकर कम्पनीबाट ऋण पाउने छन्। कार्यविधीमा सदस्य दलालले कुनै एक लगानीकर्ता (निजको एकाघरको परिवार समेत)लाई आफ्नो खुद सम्पतिको १० प्रतिशत भन्दा बढी हुने गरि मार्जिन कारोबार नपाउने व्यवस्था छ।
Tata Nexcon AMT


कार्यविधीमा मार्जिन कारोबार सुविधा उपलब्ध गराउने सदस्यले आफ्नो खुद सम्पत्ति कम्तीमा पाँच करोड रुपैयाँ पुर्याउनु पर्नेछ।मार्जिन कारोबारका लागि सदस्य व्यवसायीले आफ्नो खुद सम्पत्ति मध्ये कम्पनी संचालन र नियमित राफसाफको लागि दुई करोड रुपैयाँ कम्पनीमा जगेडामा राखी त्यो भन्दा बढी मात्र लगानी गर्न पाउने कार्यविधीमा छ। एक कम्पनीको शेयरमा १० प्रतिशत भन्दा बढी मार्जिन कारोबार सेवा दिन नपाउने कार्यविधीमा छ।

आफ्ना लगानीकर्तालार्इ नेप्सेले तोकेको धितोपत्रमा मात्र मार्जिन कारोबार सुविधा दिनुपर्ने कार्यविधीमा उल्लेख छ। नेप्सेले तोकेको सबै शेयरमा मार्जिन कारोबार सुविधा दिन सदस्य बाध्य नहुने कार्यविधीमा छ।नेप्सेले प्रत्येक आर्थिक वर्षकोलागि मार्जिन कारोबार योग्य धितोपत्रको सूची सार्वजनिक गर्ने र सूचीलाई नेप्सेले प्रत्येक आर्थिक वर्ष समाप्त भएको सात महिनाभित्र अद्यावधिक गर्ने कार्यविधीमा छ।

Share this Story

   

मार्जिन ट्रेडिङको कार्यविधी पारित, अब ब्रोकर कम्पनीबाटै शेयर खरीद गर्न ऋण पाउने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.