गोर्खा ब्रुअरीको सांगीतिक अभियानमा लाहुरे र बिपुलको साथ, कस्तो बन्ला नयाँ ट्रयाक!

बिजमाण्डू
२०७५ जेठ ४ गते ११:२१ | May 18, 2018
गोर्खा ब्रुअरीको सांगीतिक अभियानमा लाहुरे र बिपुलको साथ, कस्तो बन्ला नयाँ ट्रयाक!


काठमाडौं। गोर्खा ब्रुअरीको टुबोर्गले  सांगीतिक अभियान ‘टुबोर्गओपन’आयोजना गर्ने घोषणा गरेको छ । यो वर्ष अन्तराष्ट्रिय सांगीतिक ब्यक्तित्वहरु ‘डिप्लो’ र ‘मो’को सहकार्यमा नयाँ सांगितीक ट्रयाकहरु बनाउने कम्पनीले जनाएको छ।

Tata
GBIME
Nepal Life

टुबोर्ग ओपनको यस अभियानमा नेपालका लाहुरे र ले अन्तराष्ट्रिय संगीतकारहरुसँग मिलेर बिशेष ट्रयाकहरु निर्माण गर्ने बताइएको छ। नेपालमा र्यापर ‘लाहुरे’ र ‘बिपुल क्षेत्री’ले अभियानमा संलग्नता जनाएका छन्।

कार्यक्रममा अमेरिकी निर्माता तथा डिजे, ‘डिप्लो’ र  डेनमार्कका कलाकार, ‘मो’ले सहभागिता जनाउने प्रेस बिज्ञप्तीमा उल्लेख छ।  उनीहरुले‘स्टे ओपन’ नामक ट्रयाक रचना गरेका छन् जसमा, विश्वभरका कलाकारलाई ‘ओपन टु मोर’ थिममा  आफ्नै शब्दमा प्रस्तुत गरि पुनःलेखन गर्न आह्वान गरिएको छ।

यस अभियान अन्तर्गत रुसका डिजे तथा गायक, ईभान र्डोन संलग्न छन् भने, भारतका ‘विशाल डढलानी’ संलग्न भएका छन्। इटालीमा गायक–गीतकार ‘लेभान्टे’ले अभियानको नेतृत्व गर्नेछन् । चीन, बल्गेरिया र म्यानमारका बजारहरुबाट अन्यकलाकारहरु निश्चित हुन बाँकी नै रहेको बिज्ञप्तीमा जनाइएको छ ।
 
र्यापर लाहुरेले बिदेशी संगीतका हस्तीहरुसँग काम गर्न पाउँदा उत्साहित भएको बताए। उनले भने-‘टुबोर्ग ओपनमा डिप्लो, मो र बिपुलसँग काम गर्न पाउँदा निकै खुशी छु। यस अभियानबाट, बिपुल र म ओपन फर मोर का लागि टुबोर्ग इन्टरनेशनल सँग केही नयाँ रचना गर्दैछौं ।”
 
बिपुलका अनुसार संगीत भनेकै नयाँ कुराहरु सिक्नु र नयाँ विचारहरु खोज्नु हो। उनी भन्छन्-टुबोर्ग ओपन कोलाब्रेसन, सिर्जनात्मक कलालाई संगीतको माध्यमबाट बढाउने अभियान हो।

टुबर्गको बिश्वब्यापी ट्रयाक मे को ११ तारिखमा रिलिज भएको थियो। देश अनुसारका स्थानीय ट्रयाकहरु आगामी जुनमा रिलिज गरिने बताइएको छ। यसमा सांगीतिक हस्तीहरुले थिम अनुसार ‘ओपन टु मोर’ यात्राको कथा बर्णन गर्नेछन्।  

गोर्खा ब्रुअरीका मार्केटिङ डाईरेक्टर, बैभब शर्माले भने, “यो अभियान कलाकारहरुको लागि ठूलो अवसर हो र टुबोर्ग नेपालको लागि यो सहकार्य निकै अविस्मरणिय रहने छ।”