एक खर्ब १५ अर्बको पेट्रोलियमसँगै ८० अर्बको गाडी भित्रियो देशमा, ब्यापार घाटा ८ खर्ब १६ अर्ब




काठमाडौं। नेपालबाट अन्य देशमा बस्तु निर्यात ८.२ प्रतिशतले बढेर ५९ अर्ब ७४ करोड रुपैयाँ पुगेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार चैतसम्मको विवरण सार्बजनिक गर्दै आयात ब्यापारको तथ्यांक निक्कै डरलाग्दो सार्बजनिक गरेको छ।
 
कुल बस्तु आयात २०.६ प्रतिशतले बढेर ८ खर्ब ७६ अर्ब २९ करोड रुपैयाँ पुगेको छ। नेपालबाट अलैंची, धागो, पोलिस्टर यार्न, अदुवा, तारलगायतका बस्तुहरु बढि निर्यात भएका छन्।
 
नेपालमा भने सबैभन्दा बढि पेट्रोलियम पदार्थ आयात भएको छ। सँगै मेशिनरी तथा पार्टपुर्जा,  यातायातका साधन तथा पार्टपुर्जा, सिमेन्ट, हटरोल सिटइन क्वाइनका बस्तु आयात हुने गरेका छन्।
 
निर्यातभन्दा आयात उच्च हुँदा ब्यापार घाटा २१.७ प्रतिशतले बढेको छ। चैतसम्म ८ खर्ब १६ अर्ब ५५ करोड रुपैयाँ ब्यापार घाटा छ। 
 
चैतसम्म १ खर्ब १५ अर्ब ४४ करोड रुपैयाँको पेट्रोलियम पदार्थ मात्रै आयात भएको छ। ८० अर्ब रुपैयाँको सवारी साधन तथा यसका पार्टपुर्जा आयात भएको राष्ट्र बैंकले जनाएको छ। २० अर्ब ४७ करोड रुपैयाँको सिमेन्ट आयात भएको छ।
 


Share this Story

   

एक खर्ब १५ अर्बको पेट्रोलियमसँगै ८० अर्बको गाडी भित्रियो देशमा, ब्यापार घाटा ८ खर्ब १६ अर्ब को लागी १ प्रतिक्रिया(हरु)

कामसा कार्की[ 2018-05-18 08:22:17 ]
यस्तो ख़र्च घटाउने उपाय खोज्ने हो कि राजस्व बढ्या छ भनेर दंग पर्ने हो ? समयमै सोच्ने हो कि अर्थ मन्त्रि ज्यूँ ।

   हालसम्म २६ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.