रेमिटेन्समा सुधार, फागुनभन्दा आधाले कम शोधनान्तर घाटा, चालु खाता घाटा चुनौतीपूर्ण: राष्ट्र बैंक




काठमाडौं। विदेशमा काम गर्न गएका नेपालीले पठाउने रेमिटेन्समा फेरि सुधार देखिन थालेको छ। नेपाल राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको चैतसम्मको प्रतिवेदन अनुसार, रेमिटेन्स ५.६ प्रतिशतले बढेको छ।
 
साउनदेखि चैतसम्म ५ खर्ब ४० अर्ब ३८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएको छ। यद्यपी अघिल्लो बर्षको चैतभन्दा बृद्धि दर कमै छ। गत बर्षको चैतमा बृद्धि दर ६.३ प्रतिशत थियो।
 
शोधनान्तर अवस्था (बिओपी)
शोधनान्तर घाटा १४ अर्ब ६० करोड रुपैयाँमा झरेको छ। फागुनमा २४ अर्ब ७३ करोड रुपैयाँले शोधनान्तर घाटा थियो। गत बर्ष चैतमा शोधनान्तर ५० अर्ब ६० करोड रुपैयाँले बचतमा थियो। 
 
गत बर्ष चैतमा १० अर्ब ३४ करोडले घाटामा रहेको चालु खाता यसपाली १७१ अर्ब ६४ करोड रुपैयाँले घाटामा परेको छ। राष्ट्र बैंकले यसलाई ‘बाह्यीय क्षेत्र सन्तुलनमा चुनौती थपिएको’ भन्दै टिप्पणी गरेको छ।


Share this Story

   

रेमिटेन्समा सुधार, फागुनभन्दा आधाले कम शोधनान्तर घाटा, चालु खाता घाटा चुनौतीपूर्ण: राष्ट्र बैंक को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.