एमाले र माओवादी मिल्दा शेयरमा देखिएन उत्साह, सुचक स्थिरजस्तै, साढे २८ करोडको किनबेच




काठममाण्डौ। नेकपा एमाले र माओबादी केन्द्रबीच पार्टी एकता चलिरहँदा शेयर बजार सामान्य बढेर बन्द भएको छ। देशका प्रमुख पार्टी मिल्दा त्यसको सामान्य प्रभाव पनि बजारमा परेन, सुचक स्थिरजस्तै रह्यो। 


 
नेपाल स्टक एक्सचेन्जको कारोवार मापक सूचक १.६४ अंकले बढेर १३३९.६५ अंकमा उक्लिएको छ। बाम एकतासँगै दुई ठूला पार्टीको एकीकरणले पाँच बर्षको स्थायी सरकार बने शेयर बजारमा दीर्घकालमा सुधार हुने लगानीकर्ताहरुको आँकलन छ। 
 
बिहीबार कारोवारको सुरुवातदेखि सुचकमा सुधार देखिएको थियो। कारोवारको पहिलो घण्टामा नौ अंकको सुधार देखिएको थियो। सुचकले १३४७ अंक भेट्टाएको थियो। त्यसपछि बिस्तारै ओरालो लागेको बजार सवा एक बजे १३४१ अंकमा ओर्लिएको थियो। अन्तिम दुई घण्टा सामान्य कारोबारसँगै झिनो अंकले बढेर बन्द भएको छ। 
 
बिहीबार १५४ कम्पनीका पाँच लाख ७९ हजार कित्ता शेयर २८ करोड ५४ लाख रुपैयाँमा खरिद बिक्रि भएका छन्। सबैभन्दा बढि वोमि माइक्रो फाइनान्सको दुइ करोड १३ लाख रुपैयाँ वरावरको शेयर कारोबार भएको छ। 
 
उपसूचक मिस्रित देखिएका छन्। १० समुहको कारोवारमा पाँच समुह बढेका छन् भने पाँचै समुह घटेका छन्। बिहीबार सबैभन्दा बढि कन्काई विकास बैंकका शेयरधनीले ६ प्रतिशत कमाए। मिसन डेभलपमेन्ट बैंकका शेयरधनीले सबैभन्दा बढी करिब पाँच प्रतिशत गुमाए। 


Share this Story

   

एमाले र माओवादी मिल्दा शेयरमा देखिएन उत्साह, सुचक स्थिरजस्तै, साढे २८ करोडको किनबेच को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.