महालक्ष्मी विकास बैंकको सामाजिक उत्तरदायित्व कार्यक्रम, पुतलीशडक र सीमरा शाखा

बिजमाण्डू
२०७५ जेठ ३ गते १४:५१ | May 17, 2018
काठमाडौं। महालक्ष्मी विकास बैंक लिमिटेडको पुतलीशडक शाखाले बानेश्वरस्थित रुद्रमति माध्यमिक विद्यालयका बिद्यार्थीलाई ३५ हजार रुपैयाँ बराबरको कापी, कलम र ब्याग उपलब्ध गराएको छ।


 
बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोग गरेको हो। यसैगरी सिमरा शाखाको आयोजनामा सिमरा उपमहानगरपालिकास्थित सिमरा कलेजका दुई विद्यार्थीलाई छात्रबृत्ति उपलब्ध गराएको छ। गरिव तथा जेहेन्दार एक छात्र र एक छात्रालाई २५ हजार रुपैयाँ बराबरको छात्रबृत्ति उपलब्ध गराएको प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले बताए। 

Tata
GBIME
Nepal Life