ग्रिन डेभलपमेन्ट बैंकको नबिकेको हकप्रद लिलामीमा, लिलामीपछि बैंकको चार गुणा शेयर थपिँदै




काठमाडौं। ग्रिन डेभलपमेन्ट बैंकले नबिकेको हकप्रद शेयर लिलाम बिक्रीको लागि खुला गरेको छ। बैंकले संस्थापक तर्फको तीन लाख ३७ हजार कित्ता र सर्वसाधारण तर्फको तीन लाख १३ हजार कित्ता बोलकबोल लिलाम मार्फत बिक्री गर्न लागेको हो।

बोलकबोल लिलामकालागि जेठ १० देखि १७ गतेसम्म आवेदन दिन पाइने बिक्री प्रवन्धक लक्ष्मी क्यापिटलले जनाएको छ। आवेदनकालागि सर्वसाधारणतर्फ न्यूनतम १०० कित्तादेखि अधिकतम १० ले भाग जाने संख्यामा र संस्थापक तर्फ न्यूनतम १००० कित्तादेखि अधिकतम १० भाग जाने संख्या तर नेपाल राष्ट्र बैंकले तोकेको सीमाभन्दा ननाघ्ने गरी आवेदन दिन पाइनेछ।   


बैंकले १० करोड रुपैयाँ चुक्ता पूँजीको ४०० प्रतिशत अर्थात ४० लाख कित्ता हकप्रद शेयर माघ २ गते देखि फागुन २३ गतेसम्म बिक्री खुला गरेको थियो।
हकप्रद सकारेसँगै बैंकको चुक्ता पूँजी ५० करोड रुपैयाँ पुग्ने छ।

नेपाल राष्ट्र बैंकबाट दुर्इ जिल्लामा कार्यक्षेत्र रहने गरी अनुमति पाएको बैंकले न्यूनतम चुक्ता पूँजी ५० करोड रुपैयाँ पुर्याउनु पर्छ। हकप्रद सँगै बैंकले न्युनतम चुक्ता पूँजी जुटाउनेछ। २०७० सालदेखि संचालनमा आएको बैंकको कार्यक्षेत्र म्याग्दी, बाग्लुङ र कास्की रहेको छ।

दोस्रो बजारमा बैंकको कारोबार
बुधबार दोस्रो बजारमा बैंकको कारोबार १५७ रुपैयाँमा भयो।  बैंकले ४०० प्रतिशत हकप्रद निष्कासन गर्ने भन्दै गर्दा दोस्रो बजारमा बैंकको अधिकतम कारोबार ७५० रुपैयाँसम्ममा भयो। हकप्रद निष्कासनपछि मूल्य समायोजन भएसँगै बैंकको कारोबार २०० रुपैयाँभन्दा माथि जान सकेको छैन। 

हकप्रदको प्रक्रिया सकिएसँगै शेयर बजारमा सूचिकृत शेयर पनि थपिनेछ जसले बजारमा चार गुणा शेयर बढ्ने छ।

Share this Story

   

ग्रिन डेभलपमेन्ट बैंकको नबिकेको हकप्रद लिलामीमा, लिलामीपछि बैंकको चार गुणा शेयर थपिँदै को लागी १ प्रतिक्रिया(हरु)

Bir bikram shrestha[ 2018-05-17 10:45:34 ]
लिलामि शेयर भर्न कुन बैकमा जाने हाे ?

   हालसम्म २० जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.