कालीखोलाको पहिरो पन्छाइयो, नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा




चितवन। नारायणगढ–मुग्लिन सडकखण्ड अन्तर्गत इच्छाकामना  गाउँपालिका–६, कालीखोलामा आज बिहान खसेको पहिरो पन्छाएपछि सडक सुचारु भएको छ।



जिल्ला प्रहरी कार्यालय, चितवनले दिएको जानकारीअनुसार बिहान ५ः४५ बजे सडकमा पहिरो खसेको थियो। सो पहिरो बिहान ७ः४५ बजे पन्छाएसँगै सडक सञ्चालनमा आएको प्रहरीले जनाएको छ।

विस्तार गरिँदै गरेको सो सडक दिउँसोको समयमा बन्द हुने हुँदा साँझ बिहान सवारीको चाप बढी हुने गर्दछ। सडक विस्तार गर्ने क्रममा भित्तो काटिएको हुँदा पानी पर्नासाथ पहिरो खस्ने गरेको छ।


Share this Story

   

कालीखोलाको पहिरो पन्छाइयो, नारायणगढ-मुग्लिन सडकखण्ड सञ्चालनमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.