आयल निगमले फेरी बढायो तेलको मूल्य, पेट्रोल लिटरको १ सय १० रुपैयाँ पुग्यो, हेर्नुस मूल्यसूची




काठमाडौं।नेपाल आयल निगमले ग्यास र हवार्इ इन्धन वाहेक सबै पेट्रोलियम पदार्थको मूल्य बढाएको छ।



इण्डियन आयल कर्पोरेशन(आइओसी)ले मे १५मा पठाएको नयाँ मूल्य अनुसार निगमले बुधवार रातीदेखि लागु हुने गरि पेट्रोल,डिजल र मट्टितेलको मूल्य लिटरमा दुर्इ रुपैयाँ बढाएको हो।नयाँ मूल्य अनुसार काठमाडौंमा अब पेट्रोल लिटरको १ सय १० रुपैयाँ र डिजल तथा मट्टितेलको खुद्रा मूल्य ९२ रुपैयाँ पर्नेछ।

निगमका प्रवक्ता वीरेन्द्र गोइतका अनुसार निगमलार्इ पेट्रोलमा लिटरमा ७२ पैसा र डिजलमा २ रुपैयाँ २९ पैसा घाटा छ।निगमका निमित कार्यकारी निर्देशक सुशील भट्टरार्इले निगम ब्रेक इभनमा रहेको बताए।‘निगमले मूल्य बढाएपछि नाफा न घाटाको अवस्थामा छ’उनले बिजमाण्डूसँग भने।उनका अनुसार अन्तर्राष्ट्रिय बजारमा ब्रेन्ट आयलको मूल्य ७८ अमेरिकी डलर पुगेको र डलरको भाउ पनि आकासिएकोले मूल्य बढाउन बाध्य भएको हो।
 

Share this Story

   

आयल निगमले फेरी बढायो तेलको मूल्य, पेट्रोल लिटरको १ सय १० रुपैयाँ पुग्यो, हेर्नुस मूल्यसूची को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.