रैराङ हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, आइपिओमा ६ गुणा बढी आवेदन पर्यो




काठमाडौं। रैराङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनीले सोमबारदेखि निष्कासन गरेको आइपिओमा दुई दिनमै ६ गुणा बढी आवेदन परेको छ।

एनआइविएल क्यापिटलले उपलब्ध गराएको तथ्याङ्क अनुसार बुधबारसम्म ४७ लाख १२ हजार कित्ताकालागि ४७ करोड १२ लाख रुपैयाँ बराबरको आवेदन परिसकेको छ जुन मागभन्दा ६ गुणा बढी हो।   

कम्पनीले सोमबारलेखि ८ लाख ४० हजार कित्ता आइपिओ निष्कासन गरेको छ जसमा कर्मचारीहरुको लागि ३३ हजार ६ सय र ४२ हजार कित्ता सामुहिक लगानी कोषको लागि छुट्याइएको छ भने बाँकी ७ लाख ६४ हजार कित्ताकालागि सर्वसाधारणले आवेदन दिन पाउँछन्।

प्रति साधारण शेयर १०० रुपैयाँको दरमा आवेदकले न्युनतम ५० कित्ता र अधिकतम ४२ सय कित्तासम्मकालागि आवेदन दिन पाउँछन्। छिटोमा जेठ ३ गतेसम्म सर्वसाधारणले आवेदन दिन पाउने बिक्री प्रबन्धक एनआइविएल एस क्यापिटलले जनाएको छ।

आवेदकले धितोपत्र बोर्डबाट आस्वा सुविधाको अनुमति लिएका बैंक तथा वित्तीय संस्था लगायत घरबाटै मेरो शेयर मार्फत आवेदन दिन सक्छन्।

Share this Story

   

रैराङ हाइड्रोपावर कम्पनीमा झुम्मिए लगानीकर्ता, आइपिओमा ६ गुणा बढी आवेदन पर्यो को लागी १ प्रतिक्रिया(हरु)

Anil[ May 16, 2018 - 03:46 pm ]
Laghu Bitta/Hydro Company ko share niskasan bhayeko 2-3 din mai 6 guna 7 guna tyo bhanda badhi ko share ko laagi aabedan parne trend dekhieko dherai patak bhayo. Neuna aabedan nai 50 kitta ko laagi bhane pachhi, aabedan rakam badhi guna hunu aswabhawik chhaina. Tara (but) 1000 dikhi 4500 samma matra lagani garna sakne haru lagani garna baata banchit bhai rahechhan. Lagani karta ko sankhya kama bhae 50 kitta nuena bhannu thikai ho. Tara lagani karta prasasta chhadai chha bhane mathi ullekha garieko group laai kin banchit garne. Manan garnu paryo.

   हालसम्म ९ जनाले यो प्रतिक्रिया मन पराउनु भयो ।


नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.