सर्ट सप्लाइमा किन चम्किए साना कम्पनी, बीमा र माइक्रोफाइनान्स लगानीकर्ताको रोजाइमा




काठमाडौं। नियमनकारी निकाय तथा सरकारको कुनै कुनै पोलिसीले कहिलेकाहीँ नियमित हुने कारोबारमा प्रभावित हुने गरेको पाइन्छ। यस्तो बेला शेयर बजारमा लगानीकर्ताको रणनीति धेरै भन्दा धेरै फाइदा लिने भन्ने नै हुन्छ।

धितोपत्र बोर्डले मंगलबारदेखि दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताले आफ्नो व्यक्तिगत विवरण अद्यावधिक नगर्नेको कारोबार रोकेको छ। यसले गर्दा मंगलबार धेरै लगानीकर्ताको कारोबार नै रोकियो। नेप्सेको तथ्याङक् अनुसार दोस्रो बजारमा कारोबार गर्ने १२ लाखमध्ये १० हजारले मात्रै यस्तो विवरण अद्यावधिक गराएका थिए। यसले गर्दा दोस्रो बजारमा थोरैको मात्रै सहभागिता रह्यो।

उनीहरुको रोजाइमा थोरै शेयर पूँजी भएका कम्पनी परेको देखियो। टप टेन कारोबार गर्ने कम्पनीहरुमा अधिकांश कम्पनी लघुवित्त वित्तीय संस्था र बीमा कम्पनी परेका थिए।

किन परे लघुवित्त र बीमा कम्पनी रोजाइमा

लघुवित्त र बीमा कम्पनीको शेयर बाणिज्य बैंकको भन्दा तुलनात्मक रुपमा कम छ। साथै ति कम्पनीहरुको शेयर ३० प्रतिशत भन्दा मुनि सर्वसाधारणको छ। यसले गर्दा दोस्रो बजारमा यस्ता कम्पनीको शेयर सप्लाइ कम छ।

दोस्रो बजारमा मुल्यलार्इ प्रभावित पार्ने सर्वमान्य सिद्धान्त भनेको सप्लाइ र डिमाण्डको नियम नै हो। सप्लाइ बढी भएमा शेयर बजार घट्छ र डिमाण्ड बढ्यो भने बजार स्वत: बढ्छ।

यसै नियमले गर्दा बजार बढाउनमा थोरै शेयर पूँजी भएका माइक्रोफाइनान्स र बीमा कम्पनीको सपोर्ट रहेको हुन्छ। सप्लाइ तथा डिमाण्डमा अवरोध आएसँगै थोरै थोरै कित्ताले पनि बजारमा प्रभाव पार्छ।

बजार प्रभावित पार्ने को हुन्?

सामान्य मानिसले सरकारको पोलिसी तथा नियामक निकायको नयाँ नियमसँग खासै चासो राख्दैनन्। साथै यस्ता निकायले दिएका निर्देशनलार्इ पनि अटेर गरेर बसेका हुन्छन्। नियमित काममा अवरोध पुगे पछि मात्रै चासो व्यक्त गर्ने नेपालीको प्रबृत्तीको फाइदा समयमै नियम कानुनको परिपालना गर्नेले लिन सक्छन्।

दोस्रो बजारमा सर्वसाधारण व्यक्तिगत लगानीकर्ताका साथै संस्थागत लगानीकर्ता पनि रहेका हुन्छन्। संस्थागत लगानीकर्ताले नियमनकारी निकाय तथा सरकारले जारी गरेका निर्देशिकालार्इ समयमा पालन गर्छन्। जस्तो म्युचुअल फण्ड बीमा कम्पनीहरु अन्य फण्ड तथा कोषले शेयर बजारमा नियमित लगानी गर्ने हुँदा उनीहरुले यस्तो समयमा बढीभन्दा बढी फाइदा लिन्छन्।

शेयर बढाउन तथा घटाउन यस्ता संस्थाले केही हदसम्म सफल पनि हुन्छन्। तर कारोबार रकम भने धेरै नै घट्छ। ठूलो संख्या बजारबाट टाढिँदै गर्दा कारोबार रकम घट्नु स्वभाविक हो।

मंगलबार सबैभन्दा धेरै कारोबार भएका १० कम्पनी

कम्पनी कारोबार रकम
MMFDB 8,640,105.00
PIC 5,473,206.00
GDBL 5,216,664.00
RBCLPO 4,656,640.00
SWBBL 4,417,030.00
WOMI 4,275,493.00
SICL 4,253,534.00
NLIC 4,224,140.00
SCB 3,961,282.00
NLICL 3,866,299.00
 

Share this Story

   

सर्ट सप्लाइमा किन चम्किए साना कम्पनी, बीमा र माइक्रोफाइनान्स लगानीकर्ताको रोजाइमा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.