माछापुच्छ्रे बैंकले खोल्यो १० शाखा, दुई स्थानमा एटिएम पनि, शाखा ७४ पुग्यो

बिजमाण्डू
२०७५ जेठ २ गते १२:०६ | May 16, 2018
माछापुच्छ्रे बैंकले खोल्यो १० शाखा, दुई स्थानमा एटिएम पनि, शाखा ७४ पुग्यो
काठमाडौं। माछापुच्छ्रे बैंकले एकै पटक १० शाखा खोलेको छ। खोटाङको हलेसी शाखाको उद्घाटन बैंकका पूर्व अध्यक्ष डा बिरेन्द्रप्रसाद महतो, सञ्चालक राममान श्रेष्ठ र नगर मेयर इभर राइले गरेका छन्।


 
धनुसाको गणेशमान चारनाथ शाखा महतो, श्रेष्ठका साथै नगर मेयर रामबाबु यादवले गरेका छन्। झापाको बाह्रदशी शाखा सञ्चालक गोपीकृष्ण न्यौपानेले उद्घाटन गरेका छन्। मोरङको जहदा, रौतहतको बृन्दावन, चितवनको कालिका र इच्छाकामना, कास्कीको मादी, अछामको पञ्चदेवल विनायक र मुगुको खत्याडमा समेत शाखा सञ्चालनमा ल्याइएको छ।
 
नयाँ शाखाबाट बैंकलले कर्जा, निक्षेपका साथै अन्य बैंकिङ सुविधा पनि दिने छ। बैंकले हलेसी र गणेशमान चारनाथ शाखामा एटिएमसमेत जडान गरेको छ। बैंकको शाखा संख्या ७४ पुगेको छ।

Tata
GBIME
Nepal Life