आठ महिनापछि शेयर बजारमा न्यून कारोबार, वर्षदिन यताका १० न्यून कारोबार यस्ता छन्

बिजमाण्डू
२०७५ जेठ १ गते १७:४६ | May 15, 2018

काठमाडौँ। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको व्यक्तिगत विवरण अद्यावधिक नगर्नेलार्इ सदस्य दलालहरुले कारोबार गर्न रोक लगाएसँगै मंगलबार शेयर बजार मापक सूचकसंगै कारोबार रकम समेत अघिल्लो दिनको तुलनामा ३५ प्रतिशत घट्यो।

Tata
GBIME
Nepal Life

मंगलबार दोस्रो बजारमा १४ करोड ९२ लाख रुपैयाँको कारोबार भयो। सोमबार ४२ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो जुन आठ महिनापछिको न्युन कारोबार हो। १७ असोज २०७४ मा १४ करोड पाँच लाख रुपैयाँ बराबरको कारोबार भएको थियो।

२०७४ साल बैशाख यताका १० न्युन कारोवारमा मंगलवारको कारोवार रकम दोस्रोमा परेको छ। २०७४ साल यता सबैभन्दा कम कारोवार १७ असोज २०७४ मा भएको थियो। त्यस दिन १४ करोड पाँच लाख रुपैयाँको कारोबार भएको थियो।

यी हुन् वर्षदिन यताका दश न्यून कारोबार:
 

१७ असोज २०७४ 140052150
१ जेठ २०७५ 149239955
३० फागुन २०७४ 184599101
१९ चैत २०७४ 205939315
२० चैत २०७४ 223631708
१ चैत २०७४ 233794314
४ चैत २०७४ 237030387
२३ माघ २०७४ 242096146
२८ माघ २०७४ 244268831
२९ माघ २०७४ 246706781