केवाइसी अद्यावधिक नगर्नेलाई रोक लगाएसँगै घट्यो शेयर बजार, कारोबारमा ३५% कमी




काठमाडौं। दोस्रो बजारमा कारोबार गर्ने लगानीकर्ताको व्यक्तिगत विवरण अद्यावधिक नगर्नेलार्इ सदस्य दलालहरुले कारोबार गर्न रोक लगाएसँगै मंगलबार शेयर बजार मापक सूचक घटेको छ। सूचकसंगै कारोबार रकम समेत उल्लेख्य घटेको छ।


नेपाल स्टक एक्सचेन्ज(नेप्से)को कारोबार मापक सूचक ४.३२ अंकले घटेर १३३३.८५  अंकमा ओर्लिएको छ। क वर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.१५ अंकले घटेर २८१.०३ अंकमा झरेको छ।

व्यक्तिगत विवरण अद्यावधिक नगर्नेलार्इ शेयर कारोबारमा रोक लगाउँदा त्यसको सिधा असर कारोबार रकममा परेको छ।

कारोबारको सूरुवात देखिनै सामान्य कारोबार भएको बजारमा मंगलबार १४ करोड ९२ लाख रुपैयाँ बराबरको कारोबार भयो जुन अघिल्लो दिनको तुलनामा ३५ प्रतिशत कम हो। सोमबार ४२ करोड ५१ लाख रुपैयाँको कारोबार भएको थियो।

सम्पत्ति शुद्धिकरण तथा आतङ्ककारी क्रियाकलापमा वित्तीय लगानीलार्इ निरुत्तसाहित गर्ने उद्देश्यले 'सम्पत्ति शुद्धिकरण तथा आतङ्कबादी क्रियाकलापमा वित्तीय लगानी निवारण निर्देशिका २०७४' अनुसार बोर्डलेले दुइ साता अघि सदस्य दलाललाई लगानीकर्ताको व्यक्तिगत विवरण अद्यावधिक गर्न निर्देशन दिएको थियो।

लगानीकर्ताको व्यक्तिगत विवरण समयमै अद्यावधिक नगर्दा कारोवार रकम घटेको एक ब्रोकरले बताए।


मंगलबार उपसूचक मिस्रित देखिएका छन्। कारोबारमा आएका १० समुहमा आठ समुहको सूचक घटेको छ भने दुइ समूह बढेका छन्। ट्रेडिङ ५.४९ र उत्पादनमुलक समूह २८.१६ अंकले बढेका छन्। बैंक ४.२८, होटल ३२.९५, विकास बैंक १०.९६, जलविद्युत १३.१४, फाइनान्स १.३३, बीमा १२.७६, अन्य ०.५३ र लघुवित्त ५.६२ अंकले घटेका छन्।

सबैभन्दा बढी हिमालयन डिस्टिलरीका शेयरधनीले करिब १० प्रतिशत कमाए। जनउत्थान सामुदायिक लघुबित्तका शेयरधनीले सबै भन्दा बढी करिब पाँच प्रतिशत गुमाए।             
           
 
 
 
 
 
 

Share this Story

   

केवाइसी अद्यावधिक नगर्नेलाई रोक लगाएसँगै घट्यो शेयर बजार, कारोबारमा ३५% कमी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.