१९ वर्षे विद्यार्थीले छात्रवृत्तिको पैसा शेयरमा लगाए, भन्छन्-पढाइसँगै ‘प्राक्टिकल’ पनि सिक्छु




काठमाडौं। १९ वर्षका किरण फुयाल बागेश्वरी कलेज भक्तपुरमा (बिबिएस) दोस्रो बर्षमा पढ्छन्। चाँगुनारायण नगरपालिका ८ का स्थायी बासिन्दा किरणले बिबिएस अध्ययनकालागि पाएको छात्रबृत्तिको पैसा शेयर बजारमा लगानी गरेका छन्।

११ र १२ मा राम्रो रिजल्ट ल्याएका किरणले यस वर्ष बिबिएस अध्ययनकालागि "बित्तीय बिद्यार्थि सहयोग कोष" मार्फत ७२ हजार रुपैयाँ छात्रवृत्ति पाएका थिए।
छात्रबृत्तिबापत पाएको पहिलो किस्ता १८ हजार बोकेर उनी सिधै पुतलीसडकको कालिका सेक्युरिटिज पुगे। उनले त्यहाँ नयाँ लगानीकर्ताका रुपमा फारम भरेलगत्तै शेयर कारोबार शुरु गरे।


शेयर बजार जोखिमले भरिएको बजार हो। यसमा नाफा घाटा दुवै हुन सक्छ। उनी भन्छन्-" घोडा चढ्ने मान्छे लड्छ तर लडिन्छ भनेर घोडानै नचढ्ने भन्ने त हुँदैन नी!

वर्षको अन्तमा कलेजलाई तिर्ने पैसा त्यतिन्जेल शेयर बजारमा लगाएर नाफा कमाउने किरणको सोच हो। ब्यबस्थापन संकायमा पढ्ने किरणले अध्ययनसँगै ‘प्राक्टिकल’ हुने भएकाले शेयर कारोबार सुरु गर्न लागेको बताए।

पहिलोपटक लगानीकर्ताको फारम भरेपछि उनले भने-"आज थोरै पैसाको शेयर किनेर जान्छु। भोलिदेखि मोबाइलबाटै अपडेट हुन्छु। मुल्य घटबढको आधारमा किन्नु पर्ने वा बेच्नु पर्ने दिन फेरि आउँछु।"

पढाइसँगै शेयर कारोबारलाई सिकाइका रुपमा अघि बढाउँदै लैजाने उनको सोच छ। 

Share this Story

   

१९ वर्षे विद्यार्थीले छात्रवृत्तिको पैसा शेयरमा लगाए, भन्छन्-पढाइसँगै ‘प्राक्टिकल’ पनि सिक्छु को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.