भरत ढकालले छाडेपछि डेभलपमेन्ट बैंकर्स संघमा गरिमाका सिइओ गोविन्दप्रसादलाई कार्यवाहक जिम्मा




काठमाडौं। डेभलपमेन्ट बैंकर्स एशोसिएसनको १२औं साधारणसभाले कार्यवाहक अध्यक्षमा गोविन्दप्रसाद ढकाललाई नियुक्त गरेको छ। उनी गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत हुन्।


 
यसअघि भरत ढकाल संघको अध्यक्ष थिए। उनी मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृतसमेत थिए। बैंक छाडेसँगै संघ पनि छाड्नु पर्ने भएकाले ढकालको काम गर्ने गरी गोविन्दलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिइएको हो। उनी संघमा प्रथम उपाध्यक्ष थिए। 
 
महासचिवमा मुक्तिनाथ विकास बैंकका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत प्रधुम्न पोखरेललाई चयन गरिएको छ। त्यसैगरी कार्यकारी सदस्यमा ज्योति विकास बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीलाई नियुक्त गरिएको हो। यी नियूक्त गरिएका पदहरु आगामी निर्वाचन सम्मको लागि मात्र कायम हुने छ।


Share this Story

   

भरत ढकालले छाडेपछि डेभलपमेन्ट बैंकर्स संघमा गरिमाका सिइओ गोविन्दप्रसादलाई कार्यवाहक जिम्मा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.