जीवन बीमा कम्पनीको नाफा २० प्रतिशतले बढ्यो, ब्याज दर बृद्धिको फाइदा उठाए बीमाले




काठमाडौं। बैंक तथा वित्तीय संस्थाले निक्षेपमा ब्याज बढाउँदा त्यसको फाइदा बीमा कम्पनीले उठाएका छन्। बाणिज्य बैंकहरुको नाफा १५ प्रतिशतले बढ्दा बीमा कम्पनीको नाफा २० प्रतिशतले बढेको छ। 


 
बीमा कम्पनीले आँफुसँग भएको लाइफ फण्डलार्इ महँगो ब्याज लिएर लगानीकर्ता नाफा बढेको हो। ‘बीमा कम्पनीहरुको लगानीमार्फत हुने आम्दानी तीन गुणासम्म बढेको छ,’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत विवेक झाले भने।  
 
चालु आर्थिक वर्षको चैतसम्ममा पुराना ८ जीवन बीमा कम्पनीले गत बर्षको भन्दा २० प्रतिशतले नाफा बढाएका छन्। यस अवधिमा सबैभन्दा धेरै नाफा गर्नेमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ४३ करोड ५७ लाख रुपैयाँ नाफा गरेको छ। 
 
बृद्धि दरका हिसावले भने लाइफ इन्स्योरेन्स कर्पोरेसनले सत् प्रतिशत नाफा बढाएको छ। नयाँ जीवन बीमा कम्पनीले पनि अघिल्लो त्रैमाशिकको भन्दा ४६ प्रतिशतले नाफा बढाएका छन्। ९ वटै नयाँ जीवन बीमा कम्पनीको नाफासँगै बीमा शुल्क आर्जन पनि बढेको छ। बीमा शुल्क आर्जन १२९ प्रतिशतले बढेको छ। 
 
नयाँभन्दा पुराना बीमा कम्पनीको बीमा कोष धेरै हुने हुनाले उनीहरुको नाफा बढेको झाले बताए। लगानी साथसाथै कम्पनीहरुले नयाँ ब्यापार पनि समग्रमा ४८ प्रतिशतले बढेको छ। 
 
पुराना बीमा कम्पनी जसको १५ वर्ष भन्दा माथि व्यवसाय गरिसकेका छन् उनीहरुको दाबी भुक्तानी धेरै देखिनुमा बीमा पोलिसीको म्याचुरिटी बढ्दै गएको झाले बताए। 
 
नयाँ बीमा कम्पनीको नाफा धेरै देखिनुमा उनीहरुको एक्चुरी भ्यालुएसन बाँकी प्रमुख कारण हो। जसले गर्दा कतिपय प्रोभिजन छुट्याउनु नपर्दा पनि नाफामा बृद्धि उच्च देखिएको छ। 
पुराना जीवन बीमा कम्पनीको एक वर्षमा नाफा
जीवन बीमा कम्पनी नाफा बृद्धि (%)
२०७४ चैत २०७३ चैत
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी 435786368 409672974 6.37
लाइफ इन्स्योरेन्स कर्पोरेसन 99807574 49877279 100.11
एशियन लाइफ इन्स्योरेन्स 33268860 29679868 12.09
सूर्या लाइफ इन्स्योरेन्स 97754000 60326000 62.04
प्राइम लाइफ इन्स्योरेन्स 143158000 107453000 33.23
गुँरास लाइफ इन्स्योरेन्स 40124853 28842058 39.12
मेट लाइफ इन्स्योरेन्स 188964000 186478000 1.33
नेशनल लाइफ इन्स्योरेन्स 222052358 174704351 27.10
जम्मा (रुपैयाँमा) 1260916013 1047033530 20.43
 
नयाँ जीवन बीमा कम्पनीको ९ महिनामा नाफा
नयाँ जीवन बीमा कम्पनी नाफा बृद्धि
२०७४ चैत २०७३ चैत
आइएमइ लाइफ 148889000 61801000 140.92
ज्योति लाइफ 64600000 80200000 -19.45
सन नेपाल 116400000 81000000 43.70
सानिमा लाइफ 68011563 36059525 88.61
सिटिजन लाइफ 75559000 51483000 46.76
प्रभु लाइफ 48793978 37211580 31.13
रिलायबल लाइफ 84632603 63145900 34.03
युनियन लाइफ 78063129 54896713 42.20
रिलायन्स लाइफ 106050000 65475000 61.97
जम्मा 790999273 531272718 48.89
 
पुराना जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन
जीवन बीमा कम्पनी बीमा शुल्क आर्जन बृद्धि
२०७४ चैत २०७३ चैत
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी 15468284895 10425946482 48.36
लाइफ इन्स्योरेन्स कर्पोरेसन 6953620742 5789063957 20.12
एशियन लाइफ इन्स्योरेन्स 1919375950 1600794367 19.90
सूर्या लाइफ इन्स्योरेन्स 1040255 776236 34.01
प्राइम लाइफ इन्स्योरेन्स 1455148000 1220531000 19.22
गुँरास लाइफ इन्स्योरेन्स 887979807 701070764 26.66
मेट लाइफ इन्स्योरेन्स 2531487000 2206557000 14.73
नेशनल लाइफ इन्स्योरेन्स 3943950549 3038139774 29.81
जम्मा 33160887198 24982879580 32.73
 
नयाँ जीवन बीमा कम्पनीको बीमा शुल्क आर्जन
नयाँ जीवन बीमा कम्पनी बीमा शुल्क आर्जन बृद्धि
२०७४ चैत २०७३ चैत
आइएमइ लाइफ 255943000 103637000 146.96
ज्योति लाइफ 109000000 29200000 273.29
सन नेपाल 171300000 102700000 66.80
सानिमा लाइफ 24655853 1632545 1410.27
सिटिजन लाइफ 186042000 63801000 191.60
प्रभु लाइफ 31424028 11908052 163.89
रिलायबल लाइफ 152098512 59922937 153.82
युनियन लाइफ 390662040 204562883 90.97
रिलायन्स लाइफ 20248000 6135000 230.04
जम्मा 1341373433 583499417 129.88



Share this Story

   

जीवन बीमा कम्पनीको नाफा २० प्रतिशतले बढ्यो, ब्याज दर बृद्धिको फाइदा उठाए बीमाले को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.