नेपाल टेलिकमको नाफा ४% ले बढ्यो, सेवा बेचेर हुने आम्दानी घट्यो, बैंकको ब्याजले धान्यो नाफा




काठमाडौं। नेपाल टेलिकमले चालु आर्थिक बर्षको चैतसम्ममा ४.७२ प्रतिशतले नाफा बढाएको छ। कम्पनीले चैतसम्ममा ११ अर्ब ८५ करोड रुपैयाँ नाफा गरेको छ। गत बर्षको चैतमा नाफा ११ करोड ३२ लाख रुपैयाँ थियो। 
 
आर्थिक बर्षको ९ महिनामा दूरसञ्चार सेवा वापतको आम्दानीमा भने गिरावट देखिएको छ। यस्तो आम्दानी गत बर्षको चैतमा २९ अर्ब ७४ करोड रुपैयाँ थियो। यसपाली ३५ करोडले घटेर २९ अर्ब ३९ करोड रुपैयाँमा खुम्चिएको छ। 
 
अन्य आम्दानीले गर्दा कम्पनीको यस वर्षको नाफा बढ्न गएको हो। अन्य आम्दानी चैतसम्ममा ४ अर्ब ४६ करोड रुपैयाँ छ भने गत वर्षमा ३ अर्ब ११ करोड रुपैयाँ थियो।
 
कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ रहेको छ। जगेडा कोषमा ७९ अर्ब ६९ करोड रुपैयाँ जम्मा भएको छ। प्रति शेयर आम्दानी ५ रुपैयाँले बढेर १०५ रुपैयाँ पुगेको छ। 
 


Share this Story

   

नेपाल टेलिकमको नाफा ४% ले बढ्यो, सेवा बेचेर हुने आम्दानी घट्यो, बैंकको ब्याजले धान्यो नाफा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.