ग्लोबल आइएमर्इ बैंक र नर्भिक अस्पतालबीच सम्झौंता, स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट




काठमाडौं।ग्लोबल आइएमर्इ बैंक र नर्भिक अस्पतालबीच स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौंता भएको छ।



सम्झौंता अनुसार बैंकका प्रिभिलेज्ड कस्टुमर क्रेडिट कार्ड लिएका ग्राहक तथा उनका परिवार र कर्मचारी तथा उनका परिवारले पाँचदेखि १० प्रतिशत छुट पाउनेछन्। सम्झौंतामा बैंकका बजार व्यवस्थापन एवं व्यवसाय प्रवर्द्धन विभाग प्रमुख गणेश अवस्थी र अस्पतालका कार्यकारी निर्देशक राजेन्द्रबहादुर सिंहले हस्ताक्षर गरे।

सम्झौंता अनुसार अस्पतालले दिने प्याथालोजी,सिटी स्क्यान,एमआर्इआर,रेडियोलोजी,कार्डिग नन इन्भ्यासिभ एक्जामिनेशन,सर्जिकल,म्यामोग्राम सेवामा १० प्रतिशत छुट पाउने सम्झौंतामा उल्लेख छ।सम्झौंता अनुसार बेड चार्जमा पाँच प्रतिशत पाइने विज्ञप्तिमा उल्लेख छ।अस्पतालले आफ्नो तर्फबाट ग्राहकलार्इ विभिन्न सेवामा प्रदान गर्ने २५ प्रतिशत छुटका अतिरिक्त पाँच प्रतिशत छुट पाउने विज्ञप्तिमा उल्लेख छ।


Share this Story

   

ग्लोबल आइएमर्इ बैंक र नर्भिक अस्पतालबीच सम्झौंता, स्वास्थ्य सेवामा १० प्रतिशतसम्म छुट को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.