पुराना तीन कम्पनी मिलेर एउटै कमोडिटिज एक्सचेन्ज कम्पनी खोल्ने, एनआरएनको पनि लगानी




काठमाडौं। कमोडिटिज बजार सम्बन्धि कम्पनी सञ्चालन गर्दै आएका तीन एक्सचेन्जले नयाँ कम्पनी खोल्ने भएका छन्। मंगलबार भएको संझौतामा नेपाल कमोडिटीज एक्सचेन्ज डीसिएक्स र कोमेनविच समझदारी पत्रमा हस्ताक्षर भएको हो। 
 
तीन वटा कम्पनीको एकिकरणसँगै कम्पनीको चुक्ता पूँजी ८० करोड ६० लाख रुपैयाँ पुग्नेछ। नेपाल डेरिभेटिभ एक्सचेन्जका प्रवन्धक तथा संस्थापक पनि एउटै टिममा रहने कम्पनीले जानकारी दिएको छ।
 
संझौतामा एनसीइका शम्भुप्रसाद घिमिरे र ठाकुर पौडेल, त्यस्तै डीसीएक्सका प्रमुख कार्यकारी अधिकृत दिपेन्द्र बास्कोटा र कोमेनको अध्यक्ष सबिन भक्त जोशीको उपस्थित रहेको थियो। 
 
समझदारी अनुसार अब डीसीएक्स र कोमेन दुबै कम्पनी एनसीइसँग मिलेर नेपाल कमोडिटिज एक्सचेन्जको ब्राण्ड बनाउने संझौता भएको छ। लाइसेन्स प्राप्त गर्न तीन वटै कम्पनीले संयुक्त रुपमा पहले गर्ने भएका छन्। यस समुहमा एनआरएनको पनि संलग्नता रहेको छ। एनआरएनले सबैभन्दा पहिले लाइसेन्सको लागि आवेदन दिए पनि रणनितिक साझेदार भित्र्याउने कठिन बाटोलार्इ छाडेर यहि समुहसँग मिलेर जाने भएको हो।


Share this Story

   

पुराना तीन कम्पनी मिलेर एउटै कमोडिटिज एक्सचेन्ज कम्पनी खोल्ने, एनआरएनको पनि लगानी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.