कर्णाली प्रदेशमा पनि बिस्तार भयो इसेवा, सुर्खेतबासीले इसेवाबाट खानेपानीको महशुल तिर्न सक्ने

बिजमाण्डू
२०७५ बैशाख २७ गते ११:२७ | May 10, 2018
कर्णाली प्रदेशमा पनि बिस्तार भयो इसेवा, सुर्खेतबासीले इसेवाबाट खानेपानीको महशुल तिर्न सक्ने


काठमाडौं। समृद्ध कर्णालीको नारा लिएर अगाडि बढिरहेको प्रदेश नं ६ स्थित सुर्खेतबासीले पनि इसेवाबाट खानेपानीको महशुल तिर्न सक्ने भएका छन्। १६ हजार ग्राहक रहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्त संस्थाले आफ्नो संस्थालाई डिजिटलाइज गर्नुका साथै इसेवाबाट महशुल भुक्तानी गर्न सकिने सेवा सुरु गरेको छ। पत्रकार सम्मेलनको आयोजना गरि संस्थाले आफ्ना सबै क्रियाकलाप अटोमेशनमा लगेको जानकारी दियो। 


 
अबदेखि विरेन्द्रनगर नगरपालिकाका स्थानीय खानेपानीको महशुल भुक्तानीकै लागि संस्थाको कार्यालयसम्म जानुपर्ने बाध्यताको अन्त्य भएको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ। संस्थाले अनलाइन पेमेन्टका साथै कार्यालयका सम्पूर्ण कार्यलाई अटोमेशनमा लगेको छ। दियालो टेक्नालोजिजले बनाएको ‘वाटरमार्क’ नामक अत्याधुनिक सफ्टवेयर प्रयोग गरि सबै कार्यलाई अटोमेशनमा लगेको हो। यो सफट्वेयरले बिलिङ,  लेखा पद्धती, जिन्सी व्यवस्थापनदेखि मिटररिडिङसम्मका कार्यलाई डिजिटलाइज गर्छ। 
 

Tata
GBIME
Nepal Life