टाटा मोटर्सले ल्यायो फुल अप्सन टियागो डुअल टोन मोडल कार, मूल्य २६ लाख ९५ हजार रुपैयाँ

बिजमाण्डू
२०७५ बैशाख २७ गते ११:१८ | May 10, 2018
टाटा मोटर्सले ल्यायो फुल अप्सन टियागो डुअल टोन मोडल कार, मूल्य २६ लाख ९५ हजार रुपैयाँ
काठमाडौं। टाटा मोटर्सले नयाँ टियागो डुअल टोन मोडल सार्वजनिक गरेको छ। फुल अप्सन मोडलको यो गाडीको मूल्य २६ लाख ९५ हजार रुपैयाँ तोकिएको छ। गाडी स्पोर्टी देखिन्छ। 


 
नयाँ गाडी १.२ लिटरको रिभोटोर्न ईन्जिनसहित ८५ पिएस पावर छ। प्रति लिटर २३.८४ किलोमिटर माइलेज दिने कम्पनीको दाबी छ। अरु थप विशेषताहरुमा दुईवटा एसआरएस एअर ब्याग्स, अटोमेटिक ब्रेकिङ्ग सिस्टम, रिभर्स पार्किङ्ग सेन्सर, मल्टी ड्राईभ मोड छ भने यसमा आठ वटा स्पिकर सहित हर्मनको ईन्फोटेनमेन्ट सिस्टम, २४ वटा युटिसलटी स्पेस र २४२ लिको बुट स्पेस उपलब्ध छ। 
 
सिप्रदीका प्रतिनिधिले ग्राहकलाई आफुले लगानी गरेको मूल्यमा राम्रो मोबिलिटी दिनका लागि नयाँ गाडी ल्याइएको बताए। टाटा टियागोको सफलता मनाउँदै वर्तमान तथा संभावित ग्राहकलाई नयाँ मोडलमा केही विशेष दिन खोजिएको प्रेस विज्ञप्तिमा उल्लेख छ। 
 

Tata
GBIME
Nepal Life