चिनियाँ कम्पनी अलिबाबाले किन्यो नेपालमा समेत कारोबार गर्ने दराज डटकम, ‘डिल गोप्य’

बिजमाण्डू
२०७५ बैशाख २५ गते १६:४९ | May 8, 2018
चिनियाँ कम्पनी अलिबाबाले किन्यो नेपालमा समेत कारोबार गर्ने दराज डटकम, ‘डिल गोप्य’


काठमाडौं। नेपालमा अनलाईन कारोबार गरिरहेको ब्यापारिक साइट दराजडटकमलाई विश्वबिख्यात चिनियाँ कम्पनी अलिबाबाले किनेको छ।

Tata
GBIME
Nepal Life

दक्षिण एशियामा आफ्नो अनलाईन सामाज्य बिस्तार गरिरहेको अलिबाबाले दराजडटकम किनेको टेकक्रन्चको वेबसाइटले जनाएको छ।खरिदको डिल गोप्य राखिएपनि रकेट इन्टरनेटले सन् २०१२ मा स्थापना गरेको 'दराजडटकम'लाई चिनियाँ जायन्ट अलिबाबाले किनेको पुष्टि भने गरेको छ। नेपाल लगायत पाकिस्तान, बंगलादेश, म्यानमार र श्रीलंकामा अनलाइन कारोबार गरिरहेको दराजलाई अलिबाबाले किनेको रकेट इन्टरनेट कम्पनीले समेत पुष्टि गरेको छ।

अलिबाबाले दुई वर्षअघि नै रकेटको ‘लजादा’लाई पनि किनेको बताइएको छ। अलिबाबाका प्रवक्ताले यस डिललाई कन्फर्म गरेपनि अफिसियल घोषणा भने गरेका छैनन्। ब्लुमबर्गले मार्चमा सार्वजनिक गरेको प्रतिवेदनमा अलिबाबाले यो डिल गर्न लागेको खुलाइएको थियो। दक्षिण एशियामा प्रवेश गर्न बाटो खोजिरहेको अलिबाबाले दराजलाई किनेर कारोबार सुरु गर्न लागेको ब्लुमबर्गको प्रतिवेदनमा उल्लेख छ।

यसअघि अलिबाबाले भारतमा मात्र आफ्नो ब्यापार लक्षित गरेको थियो। भारतमा अलिबाबाले पेटिएममार्फत कारोबार गरिरहेको छ। तर यसबर्षदेखि अलिबाबाले लोअर प्रोफाइल भएका तर धेरै जनसंख्या भएका देशहरुमा आफ्नो कारोबार फैलाउन सुरु गरेको छ। पाकिस्तान र बंगलादेशजस्ता देशहरुमा इन्टरनेटको बढ्दो प्रयोगसँगै अलिबाबाले ति देशहरुमा आफ्नो कारोबार बिस्तारका संभावनाहरु बढाइरहेको छ।