नेपाली रैथाने खाना संसारभरी पुर्याउन 'कुक-बुक' आउँदै, ३० परिकार बनाउने विधि सिकाइने




काठमाडौं। नेपाली रैथाने परिकारको कुकबुक र भिडियो इन्टरनेटमार्फत संसारभर सार्वजनिक गरिने भएको छ। आउँदो सोमबारदेखि इन्टरनेटमा सार्बजनिक गर्न लागिएको कुक बुक संसारको जुनै कुनाबाट हेर्न सकिन्छ। 


 
होटल संघ नेपालले नेपाली रैथाने खानालाई विश्वव्यापीकरण गर्ने उद्धेश्यले इन्टरनेटमा राख्न लागेको हो। ३० प्रकारका रैथाने खाना पकाउने विधि, सामाग्री आदि बारे जानकारी दिइने छ। 
 
विशेषज्ञ सेफ समुहको विस्तृत अध्ययनपछि कुक बुक तयार पारिएको संघका महासचिव विनायक शाहले बताए। शाहका अनुसार, देशभरका दुई सय वटा रैथाने खाना अध्ययन र अनुसन्धानका लागि संकलन गरिएको थियो।
 
विज्ञ सेफको लामो अध्ययनपछि दुई सयमध्ये तीसवटा रैथाने परिकार रष्ट्रिय तथा अन्तर्राष्ट्रिय मेनुमा राख्नका लागि छानिएको उनले बताए।
 
उनले भने, 'हामीले मुलुकभर खोजेर दुई सय रैथाने पारिकार जम्मा गरेका थियौँ। विश्वको जुनसुकै ठाउँमा पनि बनाउन सकिने परिकार छानेका छौँ। सामाग्रीको उपलब्धता र स्वादको आधारमा तीस परिकार छानेका हौँ।'
 
उनका अनुसार तीसवटा रैथाने परिकार केन्द्रीय खाद्य अनुसन्धानशालाबाट परिक्षण भएर प्रोटिन, न्यूट्रिसन आदि पक्षको प्रमाणपत्र लिइसकिएको छ। 
 
गोविन्द नरसिङ केसी, श्रीराम अधिकारी लगायत ७ जना वरिष्ठ सेफहरु यो अभियानमा खटिएको शाहले बताए। पक्कु, थाली, चुकौनी, समयवजी, वँदेल तारेको, सेकुवा, छोयला, करेसावारी, खल्पी, सुकुटी, सेल रोटी, क्वाटी, च्याउको रस, गुन्द्रुक झोल, तामा झोल, कोदो झोल, पिडालु झोल, ग्वार्चा, भुटुवा, खिर, दहीच्युरा लगायतका विभिन्न मौलिक नेपाली खाना मेनुमा समावेश छन्।


Share this Story

   

नेपाली रैथाने खाना संसारभरी पुर्याउन 'कुक-बुक' आउँदै, ३० परिकार बनाउने विधि सिकाइने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.