सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात अर्थतन्त्र’, पृथ्वीनारायणदेखि अहिलेसम्मको अवस्था चित्रण




काठमाडौं। एकीकरणको बेलादेखि अहिले रेमिट्यान्सले धानेको क्षणसम्म आइपुग्दा नेपाली अर्थतन्त्रका उकालीओह्रालीको विश्लेषण गर्दै सुजीव शाक्यको पुस्तक ‘अर्थात् अर्थतन्त्र’ तयार भएको छ।
 
जतिबेला नेपालमा पृथ्वीनारायण शाहको उदय भएको थियो त्यतिबेलै विश्वले आदमस्मिथ जस्ता अर्थशास्त्री पनि जन्माएको थियो। दुवैले राष्ट्रको धनप्रति रुची राखे। यी दुइले के कस्ता बाटो समाते, त्यसबाट विश्व अर्थतन्त्र कता गयो, अनि नेपालमा इलम र उद्यमको यात्राले के कस्तो मार्ग समात्यो भन्ने तथ्यहरुको उल्लेख र विश्लेषणबाटै शाक्यको यो पुस्तक सुरुहुन्छ। त्यसपछि उनले विस्तारमा नेपाली अर्थतन्त्रलाई फराकिलो हिसावले विवेचना गरेका छन्।
 
शाक्य अर्थ मामिलाका लेखक तथा टिप्पणीकार हुन्। वैचारिक अभ्यास गर्ने निजी क्षेत्रको एउटा प्रमुख संस्था ‘नेपाल आर्थिक मञ्च’ का उनी अध्यक्ष हुन्। शाक्यले यसअघि अंग्रेजीमा ‘अनलिशिंग नेपाल’ लेखेका थिए। उनको त्यस पुस्तकलाई अन्तर्राष्ट्रिय प्रकाशनगृह पेन्गुइनले छापेको थियो। नेपाली पाठकहरुका निम्ति उनले तयार पारेको यो पुस्तक भने पब्लिकेशन्स नेपालयले प्रकाशन गरेको छ। 
 
पेसाले शाक्य व्यवस्थापक तथा परामर्शदाता हुन्। उनले काठमाडौंमा अन्तर्राष्ट्रिय स्तरको व्यवस्थापन परामर्श तथा वित्तीय सल्लाह कम्पनी (बिड) स्थापना गरे। त्यसअघि सोल्टी व्यवसायिक समूह र भोटेकोशी पावर कम्पनीको व्यवस्थापन अनुभव सँगालेका थिए। शाक्यले मैना धितालसँगको सहकार्यमा पुस्तक तयार पारेका हुन्।
 
पुस्तक बैशाख २९ गते सार्वजनिक गरिने छ। मूल्य ४७५ रुपैयाँ राखिएको छ।


Share this Story

   

सुजीव शाक्यको नयाँ पुस्तक ‘अर्थात अर्थतन्त्र’, पृथ्वीनारायणदेखि अहिलेसम्मको अवस्था चित्रण को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.