नेपाल बैंकमा जागिर खुल्यो! केन्द्र र प्रदेशकालागि २७६ जना माग, यसरी दिन सकिन्छ आवेदन

बिजमाण्डू
२०७५ बैशाख २१ गते १०:१३ | May 4, 2018
नेपाल बैंकमा जागिर खुल्यो! केन्द्र र प्रदेशकालागि २७६ जना माग, यसरी दिन सकिन्छ आवेदन


काठमाडौं। नेपाल बैंक लिमिटडले केन्द्र तथा प्रदेश स्तरमा एक पटक विभिन्न पदमा २७६ जना कर्मचारी माग गरेको छ। बैंकले सहायक प्रवन्धकको लागि ८० जना कर्मचारी माग गरेको छ। त्यस्तै सात वटै प्रदेशको लागि ४ औ तहको सहायक पदमा १९६ जना कर्मचारी माग गरेको  जनाएको छ।  

Tata
GBIME
Nepal Life

बैंकले प्रदेश नं एकमा सहायक पदकालागि ४० जना, प्रदेश नं मा २८ जना, प्रदेश नं ३ मा ४२ जना, प्रदेश नं ४ मा २६ जना, प्रदेश नं ५ मा ३५ जना, प्रदेश नं ६ मा १३ जना र प्रदेश नं ७ मा १२ जनाको लागि विज्ञापन खुला गरेको हो।

सहायक प्रबन्धकको लागि सम्बन्धित पदको क्षेत्रमा स्नातकोत्तर र सहायक पदकालागि व्यवस्थापन वा अर्थशास्त्रमा स्नातक गरेको हुनु पर्नेछ। इच्छुक आवेदकले जेठ १० गतेसम्म अनलाइन प्रणालीबाट आवेदन दिन पाउनेछन्। आवश्यक कागजपत्र स्क्यान गरेर अनलाइन प्रणालीमा पेस गर्नुपर्ने बैंकले जनाएको छ।

चौथो तहको सहायक पदमा उत्तीर्ण आवेदकले सुरु नियुक्ती भएको 'क' र 'ख' समूहका कार्यालयमा न्यूनतम ५ वर्ष, 'ग' समूहका शाखा कार्यालयमा ६ वर्ष र 'घ' र 'ङ' समूहका शाखा कार्यलयमा ७ वर्षसम्म न्यूनतम सेवा गर्नुपर्ने बैंकले जनाएको छ।