फेसबुक प्रयोगकर्ताको डाटा चोरीको आरोप लागेको क्याम्ब्रिज बन्द हुँदै, ट्रम्प काण्डले विवाद




लन्डन। फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी गरेको आरोप लागेको क्यम्ब्रिज एनालिटिकाले आफ्ना अधिकांश कार्यहरू बन्द गर्ने घोषणा गरेको छ। बुधवार क्याम्ब्रिजले आफ्नो व्यावसायिक अभ्यास र डोनाल्ड ट्रम्पको राष्ट्रपतिय निर्वाचन अभियान सम्बन्धी काममा कानुनी तथा राजनीतिक विवाद चर्किएपछि उसले यस्तो घोषणा गरेको हो। 


 
फेसबुक र क्याम्ब्रिजमाथि फेसबुक प्रयोगकर्ताको डाटा चोरीको आरोप लागेको दुई महिनापछि क्याम्ब्रिजले यस्तो घोषणा गरेको हो।  राजनीतिक परामर्शदाता संस्था क्याम्ब्रिजले ट्रम्पको निर्वाचन अभियानका क्रममा करिब ९ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरी गरेको आरोप लागेको थियो। 
 
क्याम्ब्रिजले निर्वाचन परिणामलाई परिवर्तन गर्न सकिने भन्दै त्यसका लागि फेसबुक प्रयोगकर्ताहरूका डाटालाई समेत प्रयोग गरेको थियो।


Share this Story

   

फेसबुक प्रयोगकर्ताको डाटा चोरीको आरोप लागेको क्याम्ब्रिज बन्द हुँदै, ट्रम्प काण्डले विवाद को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.