अब मोबाइल बोक्नेको सजिलै पहिचान हुने, सिम दुरुपयोग गर्नेमाथि यसरी हुन्छ निगरानी




काठमाडौं। दुरसंचार सेवा प्रदायकलाई सजिलै ग्राहक पहिचान गर्नकालागि नेपाल दुरसंचार प्राधिकरणले केवाइसी (नो योर कस्टमर) सिस्टम संचालनमा ल्याउने भएको छ।



उक्त सिस्टममार्फत  दुरसंचार  सेवा प्रदायक कम्पनीले सजिलै ग्राहकबारे विस्तृत जानकारी लिनसक्ने प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले जानकारी दिए।

नेशनल डिजिटल आइडी संचालनमा आएलगत्तै प्राधिकरणले सहकार्य गरी केवाइसी सिस्टम संचालनमा ल्याउनले उनले बताए।
डिजिटल आइडीमा सबैको फिङ्गर प्रिन्ट हुने भएकाले  फिङ्गर प्रिन्ट  अनुसार ग्राहकको  सहजै भेरिफिकेसन  गर्न सकिन्छ। यसबाट मोबाइलको सिम दुरुपयोग हुन पाउँदैन।

'कसले कुन सिम प्रयोग गरेको छ सिस्टमबाट सहजै थाहा  हुन्छ। यहाँ अहिले अर्काको नागरिकताबाट सिम निकालेर प्राय आपराधिक गतिविधिमा लागिरहेका छन्। सिमकार्डको दुरुपयोग नहोस् भनेर हामी नयाँ सिस्टममा जान लागेका हौं।'-उनले भने।   

केवाइसी लागू भएपछि ग्राहकले सिमकार्ड लिँदा धेरै झन्झट पनि ब्योहोर्नु नपर्ने उनले जानकारी दिए।

Share this Story

   

अब मोबाइल बोक्नेको सजिलै पहिचान हुने, सिम दुरुपयोग गर्नेमाथि यसरी हुन्छ निगरानी को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.