अब एउटै नम्बरले जुनसुकै टेलिकम सेवा लिन सकिने, प्राधिकरणले ल्याउँदैछ नम्बर पोर्टेब्लिटी सेवा




काठमाडौं। नेपाल दुरसंचार प्राधिकरणले मोबाइल नम्बर पोर्टेब्लिटी सेवा (एमएनपी)  संचालनमा ल्याउने भएको छ। मोबाइल नम्बर पोर्टेब्लिटीको 'लिगल फ्रेमवर्क' तयार गरिसकेको प्राधिकरणका प्रवक्ता मीन प्रसाद अर्यालले बताए।

मोबाइल नम्बर पोर्टेब्लिटी क्लियरीङ हाउसमा नेपाल दुरसंचार प्राधिकरणकै स्वामित्वमा हुने उनले जानकारी दिए। प्रारम्भिक अध्ययन अनुसार उपकरण(हार्डवेयर/सफ्टवेयर) सहित एमएनपी संचालनमा ल्याउनकालागि पाँच वर्षमा ४० करोड रुपैयाँ लागत लाग्ने अनुमान गरिएको छ।


प्रवक्ता अर्यालले भने ' एमएनपी सेवा अन्तर्राष्ट्रिय स्तरमा संचालन हुँदै आएको छ। यो सेवामा ग्राहकले आफूसँग रहेको सम्पर्क नम्बर कायमै राखी सेवा भने स्विच (परिवर्तन) गर्न सक्छन्। जस्तै, कुनै पनि ग्राहकले आफूले प्रयोग गर्दै आएको दुरसंचार सेवा उचित नलागेको खण्डमा सम्पर्क नम्बर उही कायम राखि अर्को कम्पनीको सेवा सजिलै लिन सक्नेछन्। यसका लागि ग्राहकले नयाँ सिम न्यूनतम तीन महिना चलाउनुपर्ने प्रावधान रहेको छ।'

यस्तो छ सुविधा

ग्राहकलाई आफूले प्रयोग गर्दै आएको दुरसंचार कम्पनीको सेवामा, गूणस्तर, शूल्क लगायतका कुरामा चित्त बुझेन भने उही सम्पर्क नम्बर कायम राखि तुरुन्तै अर्को दुरसंचार सेवाप्रदायक कम्पनीसँग स्विच गर्न सक्नेछन्। यसो गरेपछि आफूले भने जस्तो सेवा लिन पाइने बताइएको छ। यो सेवा लिँदा आफ्नो सम्पर्क नम्बर पनि परिवर्तन गर्नु पर्दैन। विकसित राष्ट्रहरुले यो सेवा दिँदै आएका छन्।

यो सेवा विस्तार गर्नुअघि अन्तर्राष्ट्रिय विज्ञ राखेर छलफल गरिएको अर्यालले जानकारी दिए। प्राधिकरणले यसको लागि विनियमावली पनि तयार पारिसकेको उनले बताए।

 'ग्राहकको हक हितको संरक्षण गर्ने प्राधिकरणको दायित्व पनि हो। प्राधिकरणले एमएनपी संचालनका लागि सफ्टवेयर खरिद गर्ने योजना बनाएको छ' उनले भने। यसका लागि प्राधिकरणले अन्तर्राष्ट्रिय स्तरका प्राविधीक संस्थाहरुबीच मुल्यांकनका आधारमा छनोट गरिने उनले बताए।

सेवाप्रदायक, नेपाल दुरसंचार प्राधिकरण, ग्राहक र 'थर्ड पार्टी' ले निभाउनुपर्ने भूमिका र जिम्मेवारी सम्वन्धी खाका अन्तिम चरणमा पुगेको उनले जानकारी दिए। सिस्टम खरिदका लागि प्राधिकरणले कारवाही अघि बढाउनुका साथै विनीयमका लागि मस्यौदा तयार पारिसकेको पनि उनले बताए।

Share this Story

   

अब एउटै नम्बरले जुनसुकै टेलिकम सेवा लिन सकिने, प्राधिकरणले ल्याउँदैछ नम्बर पोर्टेब्लिटी सेवा को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.