माछापुच्छ्रे बैंकले अब अमेरिकाबाट पनि रेमिटेन्स भित्र्याउने, वाल स्ट्रिट फाइनान्ससँग सम्झौता

बिजमाण्डू
२०७५ बैशाख १३ गते १६:१८ | Apr 26, 2018

काठमाडौं। माछापुच्छ्रे बैंक लिमिटेड र अमेरिकाको न्यूयोर्कस्थित वाल स्ट्रिट फाइनान्स (एलएलसी) बिच रेमिट्यान्स सम्झौता भएको छ। सम्झौता पत्रमा बैंकका तर्फबाट कामु नायब प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला र वाल स्ट्रिट फाइनान्सका डाइरेक्टर अफ कम्प्लाइन्स कालिआना लक्ष्मानानले हस्ताक्षर गरेका छन्।

Tata
GBIME
Nepal Life

सम्झौतासँगै अमेरिकास्थित नेपालीहरुले छिटो, छरिटो र सुलभ तरिकाले पैसा पठाउन सक्ने छन्। अमेरिकाबाट वाल स्ट्रिट फाइनान्समार्फत स्वदेशमा पठाएको रकम माछापुच्छ्रे बैंकका सबै शाखाहरु मार्फत सहजै भुक्तानी प्राप्त गर्न सकिने विज्ञप्तिमा उल्लेख छ।

बैंकका ६२ वटा शाखा, ४ वटा एक्स्टेन्सन काउन्टरलगायत १८ शाखा रहित बैंकिङ सेवा समेत छन्।