बिक्री चाप बढ्दा नेप्से ओरालो लाग्यो, २९ अंकले झरेको बजारमा ६४ करोडको कारोबार

बिजमाण्डू
२०७५ बैशाख १३ गते १५:४७ | Apr 26, 2018

काठमाडौँ। लगातार आठ दिन बढेर गत आइतबार १४३८ अंकमा पुगेको   शेयर बजार लगातार घट्न थालेको छ। तीन कारोबार दिन देखि घटेको शेयर बजारले चौथो दिन पनि निरन्तरता पाएको छ।

Tata
GBIME
Nepal Life

 बिहीबार २९.२५ अंकले घटेर १३५७.२२ अंकमा ओर्लिएको छ। क बर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.०६ अंकले घटेर २८७.०६ अंकमा झरेको छ। चार कारोबार दिनमा शेयर बजार ८१.२७ अंकले घटिसकेको छ।

बुधबार १५९ कम्पनीका १३ लाख ३८ हजार कित्ता शेयर ६३ करोड ८४ लाख रुपैयाँमा कारोबार भयो। सबैभन्दा बढी राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर दुई करोड ८२ लाख रुपैयाँमा कारोबार भयो।

बजारमा शेयर अत्यधिक आपूर्ति हुदाँ शेयर बजार घटेको इन्भेस्टर फोरमक पूर्व अध्यक्ष डा आत्माराम घिमिरेले बताए। पछिल्लो केहि दिन बढेको बेलामा शेयरमा मुनाफा कमाएका अल्पकालीन लगानीकर्ताले नाफा सुरक्षित गर्न हतारमा शेयर बिक्री गर्न लाग्दा बिक्री चापले बजार घटेको घिमिरेको भनाई छ। बजारमा ब्याजदर र तरलताको समस्या यथावत रहदा बजार घट्न दबाब परेको घिमिरेको तर्क छ।             
 

कारोबारमा आएका सबै उपसूचक घटेका छन्। बैंक २१.४२, होटल ४७.०९, विकास बैंक ३४.७५, जलाबिद्युत ४६.६८, फाइनान्स ११.६१, बीमा २३१.१२, उत्पादन मुलक ३७.४१, अन्य १२.५४ र लघुवित्त ४३.२६ अंकले घटेका छन्।

बिहीबार सबैभन्दा बढी स्वदेशी लघुवित्त वित्तीय संस्थाका शेयरधनीले करिब ६ प्रतिशत गुमाए। नयाँ नेपाल लघुवित्त विकास बैंकका शेयरधनीले सबैभन्दा बढी करिब आठ प्रतिशत गुमाए।