नेप्सेमा कारोबार रकम: ३२१०० रुपैयाँदेखि दुई अर्ब ७५ करोडसम्म, यस्ता छन् कारोबार ‘हिस्ट्री’

बिजमाण्डू
२०७५ बैशाख १२ गते ०८:१५ | Apr 25, 2018
नेप्सेमा कारोबार रकम: ३२१०० रुपैयाँदेखि दुई अर्ब ७५ करोडसम्म, यस्ता छन् कारोबार ‘हिस्ट्री’
काठमाडौँ। शेयर बजारमा लगानीकर्ता ओइरिन थालेसँगै कारोबार रकम केही दिन लगातार बढ्यो। शेयर बजारमा पछिल्ला चार कारोबार दिन कारोबार रकम उल्लेख्य बढे।

Tata
GBIME
Nepal Life

गत साता बुधवार र बिहीबार तथा यस साताको पहिलो कारोबार दिन आइतबार र सोमबार बजारमा एक अर्ब माथिको कारोबार भयो।

 
वैशाख लागे यता बजारमा सोमबार एक अर्ब ५१ करोड रुपैयाँसम्मको कारोबार भएको छ।
 
२०७२ साउन ११ गते नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हालसम्मकै सर्बाधिका कारोबार भएको थियो। उक्त दिन दुई अर्ब ७५ करोड रुपैयाँको उच्चतम कारोबार भएको थियो।
 
सूचकको आधारमा भने २०७३ साउन १२ गते हालसम्मकै सर्वाधिक अंक १८८१ सम्म छोएको थियो। त्यस यता भने बजारमा उतारचढाव कायम छ।
 
कारोबार रकमकै आधारमा सबैभन्दा बढी कारोबार २०७३ सालमा भएको थियो। टप टेन कारोबारमा नौ वटा कारोबार २०७३ सालमै भएको थियो। २०७२ साल पुस २० गते भएको कारोबार रकम आठौँ स्थानमा रहेको छ। उक्त दिन दुई अर्ब १९ करोड रुपैयाँ सम्मको कारोबार भएको थियो।
 
नेप्सेमा ३० साउन २०६४ देखि भएको कारोबारमा सबैभन्दा कम कारोबार १६ पुस २०६४ मा भएको थियो। उक्त दिन ३२ हजार एक सय रुपैयाँको मात्र कारोबार भएको थियो।
 
विगत ११ वर्षको नियमित कारोबारमा सबैभन्दा कम १० कारोबार यही दिन भएको थियो। १० कम कारोबार रकममा ३२ हजार रुपैयाँ देखि ८४ लाख रुपैयाँ सम्मको कारोबार भएको छ।
 
यी हुन् अहिलेसम्मकै सबैभन्दा बढी १० कारोबार             

मिति कारोबार रकम
११ साउन २०७३ 2753779492
१६ चैत्र २०७३ 2564741273
२१ चैत्र २०७३ 2536651218
२ आश्विन २०७३ 2461253320
१३ साउन २०७३ 2300516248
१२ साउन २०७३ 2266494162
१० साउन २०७३ 2240209624
२० पौस २०७२ 2197859857
०४ साउन २०७३ 2140860485
०५ साउन २०७३ 2129115713

             
        
एक दशकमा भएका सबैभन्दा कम कारोबार            

मिति कारोबार रकम
१६ पूस २०६४ 32100
२२ असोज २०६८ 3142362
३ कार्तिक २०६७ 4435003
२६ जेठ २०६८ 5112704
३० चैत २०६८ 6437969
१२ बैशाख२०६८  6646271
४ बैशाख २०६८ 6718196
२७ असोज २०६७ 6845661
२३ असोज २०६८ 7575661
१६ जेठ २०६९ 8444851