जनता बैंकले स्मृतिबाटिका संरक्षण गर्ने, मदनभण्डारी स्मृति बाटिकालाई १ वर्षसम्म सहयोग

बिजमाण्डू
२०७५ बैशाख १२ गते १५:५३ | Apr 25, 2018

काठमाडौं। जनता बैंकले काठमाडौं महानगरपालिकाको महादेवस्थानमा रहेको मनद भण्डारी स्मृति बाटिकाको संरक्षणमा सहयोग गर्ने भएको छ। बैंकले पहिलो चरणमा आगामी एक वर्षसम्म दैनिक सरसफाइ, रेखदेख र संरक्षणकालागि सहयोग गर्ने बैंकले जनाएको छ।

Tata
GBIME
Nepal Life

प्रधानमन्त्री केपी शर्मा ओलीले उक्त बाटिकाको उद्घाटन गरेका हुन्। उपत्यका विकास प्राधिकरणको प्राविधिक तथा आर्थिक सहयोगमा निर्माण गरिएको बाटिकामा बैंकले आगामी एक वर्षसम्म संरक्षण गर्ने गरी सम्झौता भएको हो।

बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत अझै यस्ता किसिमको सहयोग गर्दै जाने योजना बनाएको जनाएको छ।