हुण्डाई ओपन गल्फ टुर्नामेन्ट आगामी शुक्रबारदेखि सुरु हुँदै

बिजमाण्डू
२०७५ बैशाख ११ गते १७:२५ | Apr 24, 2018

काठमाडौं। हुण्डाई गाडीको अधिकृत विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टलले ग्राहक लक्षित ''हुण्डाई ओपन गल्फ टुर्नामेन्ट' आयोजना गर्ने भएको छ।
 

Tata
GBIME
Nepal Life

गोकर्ण गल्फ क्लबमा हुने टुर्नामेन्टमा नेपालका १३० प्रतिस्पर्धीले भाग लिएको  कम्पनीले  पत्रकारसम्मेलन मार्फत जानकारी दिएको छ। कम्पनीका अनुसार आयोजना हुन गइरहेको ओपन गल्फ टुर्नामेन्टमा १८ होलमा स्टेबल फोल्ड फर्म्याटमा  ३/४ ह्याण्डीक्यापमा खेलाइने छ।
 
कम्पनीका अनुसार टुर्नामेन्टमा नेट विनर,फर्स्ट रनरअप, सेकेण्ड रनरअप, बेस्ट ग्रस, लेडिज विनर, ६० वर्ष माथिका लागि सिनियर विनर, १७ वर्ष मुनिका जुनियर विनर, हुण्डाई वनर्स क्याटगोरी विनर, लंगेस्ट ड्राइभ, क्लोजेस्ट टु द पीन, मोस्ट ब्रिडीज क्याटगोरी मा विजेता घोषणा गरिनेछ।
 
होल इन वन विजेतालाई  हुण्डाई ग्रयाण्ड आइ टेन गाडी पुरस्कार दिइने कम्पनीले बताएको छ।  टुर्नामेन्ट शनिवारसम्म चल्ने छ।