बंगलादेश टुरिजम फेयरमा नेपालको प्रचार, दुई देशबीच पर्यटन प्रवर्द्धनको प्याकेज बनाउने तयारी

बिजमाण्डू
२०७५ बैशाख ११ गते १५:२८ | Apr 24, 2018

काठमाडौं। नेपालको पर्यटन बोर्ड(एनटीबी)ले नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को सहकार्यमा बंगलादेश ट्राभल एण्ड टुरिजम फेयरमा सहभागिता जनाएको छ।

Tata
GBIME
Nepal Life

गत चैत ६ गतेदेखि ८ गतेसम्म बंगबन्धु अनतर्राष्ट्रिय कन्फ्रेन्स सेन्टरमा आयोजित ट्राभल र टुरिजम मेलामा नेपाल, थाइल्याण्ड, भारत, श्रीलंका, भुटान, युएइ, चीन, कम्बोडिया, मालदिभ्स र भियतनामका पर्यटन बोर्ड, ट्राभल एजेन्ट्स, एयरलाइन्स, होटल, रिसोर्ट लगायतका अधिकारीको सहभागिता रहेको पर्यटन बोर्डका निमित्त निर्देशक सुनिल शर्माले जानकारी दिए।

मेलामा  ५० वटा विदेशी संस्थाले दशवटा पहिचानयुक्त ठूला 'प्याभिलियन्स', १८ वटा साना 'प्याभिलियन्स' र एक सय ३० वटा स्टल राखिएको उनले जानकारी दिए।

मेलामा नेपाली पर्यटन सामाग्री प्रदर्शनमा राखिएको थियो। नेपालको स्टलमा 'होम अवे होम'  प्रदर्शनीले घुम्नका लागि नयाँ गन्तब्य खोजिरहेका बंगलादेशीको लागि थप आकर्षक गरेको उनले जनाए। प्रदर्शनमा नेपालबाट १० वटा ट्राभल एण्ड टुर्सका प्रतिनिधी सहभागी रहेको उनले बताए। उनका अनुसार मेलामा आएका अधिकांश अवलोकनकर्ताले नेपाललाई घुम्नका लागि राम्रो गन्तब्य पहिलाएका छन्।    

कार्यक्रममा नेपालका राजदुत डा. चोपलाल भुसाल, पहिलो बंगाली सगरमाथा  आरोही एम ए मोहित, निशात मुजुमदर लगायत पदाधिकारीले नेपाल र बंगलादेश बीचको मजबुत कुटनीतिक सहकार्यले पर्यटन व्यवसायका साथै अन्य व्यापारमा ठूलो टेवा पुर्याउने धारणा राखे।   

बंगलादेशका अधिकांश मध्यमवर्गीय सर्वसाधरणले छोटो दुरीमा रहेको प्राकृतिक पर्यटकिय गन्तब्यस्थल नेपालमा सजिलै भ्रमण गर्नकालागि संस्थागत बजारीकरण र पब्लिसिटी इनिसिएटिभ्स गर्न आवश्यक रहेको कार्यक्रममा बताइएको उनले जानकारी दिए।

निकट भविष्यमा नेपाल र बंगलादेश दुवै देशबीच  पर्यटन प्रवर्द्धनमा आकर्षक प्याकेज सिर्जना गर्ने सम्झौता भएको उनले जानकारी दिए।शर्माले भने – 'बंगलादेशबाट ४० डिग्रीको गर्मीबाट २० डिग्रीको मौसममा एक घण्टामा आउन सक्छन्। अन्य देश भन्दा नेपाल घुम्नका लागि पनि सस्तो छ।

मेलामा बंगलादेशका सर्वसाधारणले पनि नेपालप्रति रुचि देखाएको उनले बताए। अहिले ३० हजार पर्यटक बंगलादेशबाट आइरहेका छन्। वार्षिक एक लाखभन्दा बढी बंगाली पर्यटक नेपाल भित्र्याउन सकियो भने एलटिसी 'लिभ ट्राभल कन्सेसन' सुविधा सजिलै दिन सकिन्छ। जसले गर्दा नेपालको पर्यटन क्षेत्रको प्रवर्द्धनमा टेवा पुग्छ।