निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको समस्या सल्टाउन बन्यो उच्चस्तरीय समिति, के छ जिम्मेवारी?

बिजमाण्डू
२०७५ बैशाख ११ गते १४:१५ | Apr 24, 2018

काठमाडौं। सरकारले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल भनिँदै आइएको बिमानस्थलको नाम फेर्दै त्यहाँको समस्या समाधानका लागि समिति गठन गरेको छ। सरकारले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल नामाकरण गर्दै निमार्णका लागि सहजीकरण गर्न समिति गठन गर्ने निर्णय गरेको हो।

Tata
GBIME
Nepal Life

बैठकले संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा उच्चस्तरीय समिति गठन  गरेको हो। समितिले वनको समस्या समाधान गर्दै मुआब्जा वितरणको समस्या पनि सल्टाउनु पर्ने हुन्छ। साथै सुकुम्बासीको समस्या पनि समितिले नै समाधान गर्नु पर्ने गरी मंगलबार बसेको मन्त्रीपरिषद् बैठकले निर्णय गरेको हो।