अमेरिकी राष्ट्रपति ट्रप्पको स्टील र आल्मुनियम करबिरुद्ध भारत, चीन र रुस एकै ठाउँमा, उठाए प्रश्न

रासस
२०७५ बैशाख ११ गते १०:२५ | Apr 24, 2018

जेनेभा, स्वीट्जरल्याण्ड। चीन, भारत, रूसलगायतका विश्व व्यापार संगठनका केही सदस्यराष्ट्रले  अमेरिकाद्वारा स्टील तथा आल्मुनियमको आयातमा लगाइएको करबारे चासो व्यक्त गरेका छन्।

Tata
GBIME
Nepal Life

अमेरिकाद्वारा हालै घोषणा गरेको कर नीतिबारे एसिया, यूरोपलगायतका डब्लुटिओ सदस्य राष्ट्रले संगठनको व्यापार सुरक्षा समितिको बैठकका चासो राखेका हुन्।
 
रूस, भारत, भेनेजुयला, टर्की, नर्वे, स्वीट्जरल्याण्ड र सिङ्गापुरले पनि चीनद्वारा विगत केही समयदेखि टड्कारोरूपमा उठाउँदै आएको चासोमा आवाज थपेका हुन्।

वासिङ्टनले आफ्नो स्टिल तथा आल्मुनियमको राष्ट्रिय सुरक्षाका लागि भनी लिएको कदमले डब्लुटिओको अन्तर्राष्ट्रिय व्यापार नियमनका लागि बनाइएको कानूनको उल्लङ्घन गरेको भन्दै उनीहरूले समितिलाई अमेरिकासँग विचारविमर्श गर्न आग्रह गरेका छन्।

विश्वका व्यापारिक समूह तथा सहयोगी संगठनबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसैबर्षको मार्च ८ मा आयात गरिने स्टिलमा थप २५ प्रतिशत र आल्मुनियममा १० कर लगाउने घोषणासँगै अमेरिकी प्रशासनको निर्णयले व्यापक असन्तुष्टि निम्त्याएको छ।