एभरेष्ट इन्स्योरेन्सले बम्पर हकप्रद शेयर, सल्टियो संस्थापक शेयरधनीको लफडा, पूँजी अर्ब नाघ्ने

बिजमाण्डू
२०७५ बैशाख ११ गते ०९:४९ | Apr 24, 2018
एभरेष्ट इन्स्योरेन्सले बम्पर हकप्रद शेयर, सल्टियो संस्थापक शेयरधनीको लफडा, पूँजी अर्ब नाघ्ने

काठमाडौं। एभरेष्ट इन्स्योरेन्स कम्पनीको २३औं बार्षिका साधारणसभाले कायम चुक्ता पूँजी १२ करोड १५ लाख रुपैयाँको १० प्रतिशत बोनस शेयर पारित गरेको छ। बोनस शेयरपछि कम्पनीको चुक्ता पूँजी १३ करोड ३६ लाख रुपैयाँ पुगेको छ। कम्पनीले बोनस शेयर प्रयोजनार्थ ६ लाख ३९ हजार रुपैयाँ नगद लाभांस पनि पारित गरेको छ।

Tata
GBIME
Nepal Life

बोनस शेयरबाट कायम पूँजीको १०५ प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव पनि पारित गरेको हो। कम्पनीले निष्काशन गर्ने हकप्रदबाट कायम हुने शेयरधनीनै संस्थापक हुने संचालक समितिको प्रस्ताव पनि पारित गरको हो। हकप्रदपछि कम्पनीको चुक्ता पूँजी २७ करोड ३९ लाख रुपैयाँ पुग्नेछ।

बीमा समितिले निर्देशन अनुसारको पूँजी जुटाउन कम्पनीले थप ३०० प्रतिशत हकप्रद निष्काशन गर्ने पस्ताव समेत पारित गरेको छ। कम्पनीले ३०० प्रतिशत हकप्रद निष्काशन गरेसँगै चुक्ता पूँजी एक अर्ब ९ करोड रुपैयाँ पुग्नेछ।

साधारणसभाले संचालक समितिमा प्रतिनिधित्व गर्न ५ जना संचालन निर्वाचित गरेको हो। निर्वाचित हुने संचालहरुमा राजिव सापकोटा, भुबल रार्इ, हेमराज थापा, रामप्रसाद खनाल र एन्जिला विष्ट गिरि रहेका छन्। जसमा राजिव सापकोटा र भुबल रार्इ पुरानै संचालक हुन्।