४७ लाख रुपैयाँको डुकाटी वाइक नेपालमा, भारत भन्दा चाँडै नेपालमा, वाइकमा यस्ता छन् विशेषता




काठमाडौं।४७ लाख रुपैयाँ मूल्यको डुकाटी पानिगेल भि फोर बाइक नेपाली बजारमा आएको छ।



डुकाटी वाइकको अधिकृत विक्रेता टर्वो मोटर्सले शुक्रबार एक कार्यक्रमकाबीच यो बाइकको बिक्री शुभारम्भ गरेको हो।यो वाइक भारतमा भन्दा नेपालमा चाँडै बिक्री सुरु भएको हो।मोटो जिपीमा प्रयोग गरिँदै आएको भि फोर सिलीन्डर इन्जिन जडान गरिएको बाइकमा छ वटा गियर छ। ११ सय सीसीको इटालियन वाइकको शुक्रबार युवा उद्यमी राजेशवीर तुलाधरले बिक्री शुभारम्भ गरे।उनी डुकाटी वाइक प्रयोगकर्ता समेत हुन्।


१६ लिटर पेट्रोल यो वाइकमा ड्राइ वेट एक सय ७५ किलो छ। कर्भ वेट एक सय ९८ किलो छ। डबल सीट भएको बाइकको हाइट ५७.८ इन्च रहेको छ। 
वाइकमा दुई सय १४  हर्ष पावर र १३ हजार आरपिएम   छ भने १२४.० एनएम(न्युटन मिटर)  र  एक हजार आरपिएमकोको टर्क छ।  बाइकले गति लिइरहँदा गियर चेन्ज गर्दा क्लज थिच्न नपर्ने हुनाले हाइवेको जस्तोसुकै घुम्तीमा मोड्न सहज हुने कम्पनीले जनायो।

 
 
 


Share this Story

   

४७ लाख रुपैयाँको डुकाटी वाइक नेपालमा, भारत भन्दा चाँडै नेपालमा, वाइकमा यस्ता छन् विशेषता को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.