नेपाल टेलिकमको ल्याण्डलाइन पनि प्रिपेड बन्यो, जति पैसा तिर्यो त्यति मात्रै कुरा गर्न पाइने

बिजमाण्डू
२०७५ बैशाख ६ गते १५:०० | Apr 19, 2018

काठमाडौं।नेपाल टेलिकमको ल्याण्डलाइन फोन काटियो? अचम्ममा नपर्नुस।टेलिकमले नयाँ विलिङ सिस्टम ल्याएको छ जुन प्रिपेड मोबाइल जस्तै हो।हरेक १५ दिनमा महशुल नबुझाए ल्याण्डलाइन सेवा स्वत काटिने विलिङ प्रणाली टेलिकमले ल्याएको छ।

Tata
GBIME
Nepal Life

तीन महिना अघि टेलिकमले पिएसटिएन सेवामा नयाँ विलिङ प्रणाली ल्याएको टेलिकमकी प्रवक्ता प्रतिभा वैद्यले बतार्इन्।
 
उनले भनिन्,'प्रिपेड सेवामा ब्यालेन्स सकिनेवित्तिकै रिचार्ज तुरुन्तै गरिहाल्नुपर्छ। अब ल्याण्डलाइन सेवामा लागू भएको नयाँ विलीङ सिस्टम अन्तर्गत सेवाग्राहीले राखेको धरौटी रकम बराबरको सेवा लिन सक्छन्। बिल सकिएपछि फोन काटिन्छ।'टेलिकमका अनुसार अब टेलिफोन सेवाग्राहीले आफ्नो क्रेडीट लिमिट अवधिसम्म मात्र सेवा लिन सक्नेछन्। उनका अनुसार अब लाइन जोड्दा धरौटी रकमलार्इ क्रेडिट लिमिट कायम गरिनेछ।

टेलिकमको बिल तयार हुँदा अगाडीको महिनाको बाँकी रकम र बिल आउने महिनाको बिल रकम जोडिने जनाएको छ।कम्पनीका अनुसार प्रत्येक महिनाको बिल अंग्रेजी महिनाको १५ तारिखमा तयार हुनेछ।