२५ मेगावाटको काबेली बी-१बाट वैशाखमै विजुली उत्पादन हुने, लागत प्रति मेगावाट १६ करोड

बिजमाण्डू
२०७५ बैशाख ६ गते १३:१४ | Apr 19, 2018

काठमाडौं।अरुण काबेली पावरले निर्माण गरिरहेको २५ मेगावाटको काबेली बी १ वैशाखबाट विजुली उत्पादन सुरु हुने भएको छ। पाँचथर र ताप्लेजुडको सीमामा बग्ने काबेली नदीमा २५ मेगावाट विजुली उत्पादन हुनेछ।

Tata
GBIME
Nepal Life

परियोजनाको बाँध, डिसेण्डर बेसीन, सर्ज टेयाङ्क, विद्युत गृहको काम सकिएको कम्पनीले जनायो ।कम्पनीका अनुसार विद्युत गृहमा मेसीन जडान गर्ने काम अन्तिम चरणमा पुगेको र पेनस्टक पाईप जडान पनि लगभग टुंगिएको  छ । अब पाईपमा पानी हालेर मेसीन सम्म पुर्याएपछि विद्युत उत्पादन सुरु हुने कम्पनीले जनायो।

निजी क्षेत्रबाट हालसम्म उत्पादित ठूलो बिद्युत मध्ये अरुण काबेली मुख्य हुने छ । यसले उत्पादन गर्ने बिजुली बर्षायाममा प्रति युनिट ४ रुपैयाँ असी पैसा र हिउँदमा ८ रुपैयाँ ४० पैसामा बिद्युत प्राधिकरणले खरिद गर्ने सम्झौता भएको छ । यो कम्पनीमा अपि पावर कम्पनी लिमिटेडले ४ करोड लगानी गरेको छ । आयोजना संचालन पश्चात अपि पावर कम्पनी लिमिटेडका शेयरधनिहरुले समेत मूनाफा पाउनेछन्।

आयोजनामा नेपाल ईन्भेष्टमेन्ट बैंक सहित ६ वटा बाणिज्य बैंकले लगानी गरेका छन् ।प्रति मेगावाट १६ करोड रुपैयाँ लागत पर्ने देखिएको छ।