उर्जाको उत्साह:चैतमा मात्रै ६सय मेगावाट बराबरका जलविद्युत आयोजनाले पाए सर्वेक्षण अनुमति




काठमाडौं। २०७४ चैतमा मात्रै करिब ६०० मेगावाट बराबरका जलविद्युत आयोजनालाई सर्वेक्षण अनुमति दिइएको छ।

चैतमा साना दुई आयोजनाबाट २६ मेगावाट, मझौला तीन आयोजनाबाट १५० मेगावाट र ठूला दुई आयोजनाबाट ४१५ मेगावाट गरी ५९० मेगावाट विद्युत उत्पादनको लागि ७ कम्पनीले सर्वेक्षण अनुमति पाएका छन्।



बिष्ट हाइड्रोपावर कम्पनीले संखुवासभामा २४.३० मेगावाटको अपर इसुवाखोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको छ। झ्यामलोङ्मा हाइड्रोपावर कम्पनीले कास्कीको माछापुच्छ्रेमा ३२ मेगावाटको करुवा सेती जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको छ।

चिलिमे हाइड्रोपावर कम्पनीले गोरखामा ६० मेगावाटको चुनचेट स्यार खोला जलविद्युत आयोजना, ग्रेट हाइड्रोपावर कम्पनीले संखुवासभामा ५५ मेगावाटको अपर बरुणखोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएको छ।

निलगिरी खोला हाइड्रोपावर कम्पनीले गोरखामा २६० मेगावाटको बुढीगण्डकी ख जलविद्युत आयोजना र आरएम इन्भेष्टमेन्ट कम्पनीले ताप्लेजुङमा १५५.८२ मेगावाटको घुन्साखोला जलविद्युत आयोजनाको सर्वेक्षण अनुमति पाएका छन्।

साना जलविद्युत आयोजना समेत गरी करिब ६०० मेगावाट बराबरका जलविद्युत आयोजनाले चैतमा मात्रै सर्वेक्षण अनुमति पाएको विद्युत विकास विभागले जनाएको छ।



३७१ मेगावाटको लागि सर्वेक्षण आवेदन

चैत्र महिनामानै विभिन्न कम्पनीले ३७१ मेगावाट बराबरका जलविद्युत आयोजनाको सर्वेक्षणका लागि विद्युत विकास विभागमा निवदेन दिएका छन्।
चिलिमे हाइड्रोपावर कम्पनीले गोरखामा २३५ मेगावाटका दुई आयोजना बुढिगण्डकी क को सर्वेक्षण अनुमतिका लागि विभागमा आवेदन दिएको छ।

त्यसैगरी सांग्रिला उर्जा प्रालीले दोलखामा ५० मेगावाटको सुपर तामाकोशी नदी जलविद्युत आयोजनाको सर्वेक्षण अनुमतिका लागि आवेदन दिएको छ।
अन्य ७६ मेगावाट बराबरका साना जलविद्युत आयोजना सर्वेक्षणका लागि ९ कम्पनीको आवेदन परेको छ।

Share this Story

   

उर्जाको उत्साह:चैतमा मात्रै ६सय मेगावाट बराबरका जलविद्युत आयोजनाले पाए सर्वेक्षण अनुमति को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.