उद्योगी गोल्यान भन्छन्-‘बंगलादेशमा ‘रिजेक्ट’ सामान नेपाल आएका छन्, तर सरकारलार्इ मतलब छैन’




काठमाडौं।नेपाल धागो उत्पादक संघका अध्यक्ष पवन गोल्यानले बंगलादेशमा ‘रिजेक्ट’ भएका सामान नेपाल भित्रिने गरेको आरोप लगाएका छन्।



‘बंगलादेशमा अस्वीकृत भएको सामान नेपाल भित्रिरहेको छ।त्यसमा सरकारले कुनै चासो देखाएको छैन’संघको पत्रकार सम्मेलनमा भने,बंगलादेशबाट जुश मात्रै दुर्इ अर्बको आइरहेको छ।काम नलाग्ने वस्तु हामीले ल्याउन दिने तर हाम्रो सामान बंगलादेश जान नपाउने पनि हुन्छ।‘बंगलादेशले नेपाली धागो निर्यातमा रोक लगाएको प्रति आक्रोश पोख्दै गोल्यानले यो धारणा राखेका हुन्।

बंगलादेशले सन् २००२ मा सडकबाट धागो आयात गर्न रोक लगाएको थियो। बंगलादेशले भारतलार्इ टार्गेट गरेर रोक लगाएपनि सन् २०१५मा भारतबाट निकासी खोल्यो। त्यही बेलामा बंगलादेशले नेपाल र भुटानबाट आउने आलु र धागो प्रतिवन्ध गर्यो।संघले नेपालस्थित राजदूतावाससँग पहल गरेपनि अहिलेसम्म नेपाली धागो निकासी हुन पाएको छैन।


Share this Story

   

उद्योगी गोल्यान भन्छन्-‘बंगलादेशमा ‘रिजेक्ट’ सामान नेपाल आएका छन्, तर सरकारलार्इ मतलब छैन’ को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.