एनआईसी एशिया र सिटिजनको म्युचुअल फण्ड सूचिकरण, ७ दिनपछि दोस्रो बजारमा कारोबार हुने





काठमाडौं। नेपाल स्टक एक्सचेन्जमा ९ प्रतिशत ब्याजदरको एनआइसी एशिया ऋणपत्र २०८१/८२, सिटिजन म्युचुअल फण्ड-१ र एनआइसी एशिया ग्रोथ फण्डको इकाइ सूचिकृत भएको छ।
सूचिकृत तिनवटै योजना दोस्रो बजारमा सूचिकरण भएपनि अबको ७ दिनपछि मात्रै दोस्रो बजारमा कारोबार हुने नेपाल स्टक एक्सचेन्जले जानकारी दिएको छ।
तीनवटा योजनाले यस भन्दा अगाडी सार्वजनिक रुपमा निष्कासन गरेका थिए। एनआइसी एशियाको प्रति ऋणपत्र एक हजार रुपैयाँका तीस लाख थान सूचिकृत भएको छ।
सिटिजन म्युचुअल फण्ड एकको पनि प्रति इकाइ १० रुपैयाँको दरमा ८ करोड २० लाख थान इकाइ सूचिकृत भएको छ।
एनआइसी एशिया ग्रोथ फण्डको पनि प्रति इकाइ १० रुपैयाँको दरमा ८ करोड ३५ लाख इकार्इ सूचिकृत भएको छ।

Share this Story

   

एनआईसी एशिया र सिटिजनको म्युचुअल फण्ड सूचिकरण, ७ दिनपछि दोस्रो बजारमा कारोबार हुने को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tags हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]

Advertisements

Most Read


bizmandu

facebook     twitter
© Copyright 2012 Bizmandu Media Pvt. Ltd. All Rights Reserved.